आठौँ अधिवेशनले पायो विष्णु माया गुरुङ को नेतृत्व
चित्र गुरुङ
बर्दहवा,रुपन्देही
तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सियारी इकाई समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले धन बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा अध्यक्ष विष्णुमाया गुरुङ,उपाध्यक्ष देव बहादुर गुरुङ,सचिव दोल माया गुरुङ, कोषाध्यक्ष किरण गुरुङ,सह सचिव सागर गुरुङ, यसै गरी सदस्यहरु नरमाया गुरुङ, शशी गुरुङ, बाल कुमार गुरुङ, मन कुमारी गुरुङ, सुजन गुरुङ,दुर्गा बहादुर गुरुङ लगायत चयन हुनुभएको छ ।
यसैगरी उक्त अधिवेशनमा ७ सदस्यीय तमु मांगी समूह पनि गठन भएको छ। जसमा अध्यक्ष देवी माया गुरुङ, उपाध्यक्ष चुरी माया गुरुङ, सचिव डिना गुरुङ,कोषाध्यक्ष ज्ञान माया गुरुङ,सह-सचिव मिना गुरुङ, संगठन सचिव अमृता गुरुङ, सदस्यहरुमा कान्ति कुमारी गुरुङ, देवी गुरुङ लगायत चयन हुनुभएको छ ।
यस्तै तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सियारी इकाई समितिको आठौँ अधिवेशन मा ३ सदस्यीय तमु संस्कृति संग्रहालय समितिको समेत गठन भएको छ, जसको संयोजकमा खेमराज गुरुङ, सदस्यहरुमा चित्र गुरुङ र निशाल गुरुङ लगायत चयन हुनु भएको छ ।
उक्त कार्यक्रममा तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सियारी इकाई समिति का निर्वतमान अध्यक्ष धन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी एवं उक्त ईकाई समितिका संस्थापक खेमराज गुरुङ को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला रुपन्देही का सदस्य ज्ञान बहादुर गुरुङ को विशेष आतिथ्यता रहेको थियो भने अतिथि मा नि-वर्तमान अध्यक्ष चन्द्र लाल गुरुङ रहनुभएको थियो। देवी माया गुरुङको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रममा आर्थिक तथा प्रगति प्रतिवेदन धन बहादुर गुरुङले प्रस्तुत तथा विशिष्ट अतिथि ज्ञान बहादुर गुरुङ ले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विष्णु माया गुरुङले गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि गुरुङले नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु को साथै नव निर्वाचित पदाधिकारीहरुलाई फुलमाला लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो ।