मायादेवी गाउँपालिकामा जग्गा धनी प्रमाण पुर्जा वितरण

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

मायादेवी ,साउन ५
नापी कार्यालय रूपन्देही भैरहवाकाे प्राविधिक सहयाेग र समन्वयमा मायादेवी गाउँपालिका रूपन्देहीले वडा नं. ८ बसडिलवाकाे साविक हाटि बनगाई गा.वि.स. वडा नं. ४क कित्ता नं.१६५ काे २३ जना जग्गा धनीहरूलाइ प्रमाण पुर्जा वितरण गरेकाे छ।
कार्यक्रममा बाेल्नु हुँदै गा.पा. अध्यक्ष ध्रुब नारायण चाैधरीले मायादेवी गा.पा. भित्र ८ वटै वडाहरूमा रहेका गाउँब्लक जग्गाहरूकाे नापी गरि प्रमाण पुर्जा वितरण गर्न नापी कार्यालय रूपन्देहीका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत अजित कुँवर लाई अनुराेध समेत गर्नु भएकाे छ। साथै गा.पा.का अमिन हृदेश बनियाँ र वडाका जनप्रतिनिधिहरूलाइ उक्त कार्यमा अावश्यक समन्वय र सहयाेगमा जुट्न समेत निर्देशन दिनुभएकाे छ।

कार्यक्रममा उपस्थिति गा.पा.का प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ढुङ्गानाले वर्षाै देखि अव्यवस्थित रूपमा गाउँब्लकमा भाेग चलन गर्दै बसाेवास गर्दै अाईरहेका जग्गाधनीहरूकाे सर्जमिन गरी चारकिल्ला सहितकाे भाेगकाे सिफारिस गरि प्रमाण वितरणका लागि सहयाेग गर्न प्रतिबद्ध रहेकाे र वडा सचिवहरूलाइ साेहि अनुसार निर्देशन समेत दिनु भएकाे छ।
अागामि दिनहरूमा मायादेवीका बाँकि रहेका गाउँब्लककाे नापी तथा पुर्जा वितरणमा तिव्र रूपमा काम अगाडि बढाईने नापी अधिकृत ई.शालिग्राम लम्सालले बताउनु भयाे।
उक्त कार्यक्रममा वडाध्यक्ष चाेक बहादुर थापा, नापी टाेलीकाे तर्फ बाट सर्भेक्षक यम पाण्डे, अमिन बुद्धी चाैधरी र सुर्य प्रसाद न्याैपाने, गा.पा. का अमिन हृदेश बनियाँ तथा सञ्चारकर्मी पदम भण्डारीकाे समेत उपस्थिति रहेकाे थियाे।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *