सियारीमा बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात, बाच्छी हुर्काउनेलाइ १० हजार रुपैया प्रोत्साहन ।
चित्र गुरुङ
सियारी, श्रावण ४
रुपन्देहीको सियारी गाउपालिकामा बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात भएको छ।देशमा दुध उत्पादनको लागि प्रयाप्त मात्रामा गाइको संख्या नभएकोले विदेशबाट गाई आयत गर्नुपर्ने बाध्यता हटाउन सियारी गाउपालिकाले यसै आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखा तर्फ बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात गरेको छ।उक्त कार्यक्रमको लागि गाउपालिकाले ४ लाख रुपैया बजेट विनियोजन भैसकेको गाउँ पालिका पशु शाखा प्रमुख गणेश खनालले जानकारी दिनुभयो।आइतबार सियारी गाउपालिका वडा नम्बर ६ का पशुपालक आनन्द भण्डारीको गोठमा जन्मिएको बाच्छिको जन्म दर्ता गर्दै बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात गरिएको हो।
यस आर्थिक बर्षमा जन्मेका बाच्छिहरुको जन्मदर्ता गरि १० महिना पालन गरिसकेपछि उत्कृष्ट रुपमा पालन गरिएको पाइएमा प्रती बाच्छी १० हजार रुपैयाँ नगद प्रोत्साहन स्वरुप कृषकलाई प्रदान गरिने गाउपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो।
सियारी गाउपालिकामा शुरूवात भएको बाच्छी हुर्काउने कार्यक्रमले दूध उत्पादनको लागि बिदेशबाट गाई आयात गर्नुपर्ने अवस्थालाइ केही हदसम्म भएपनी न्यूनीकरण हुने गाउपालिका पशु शाखा प्रमुख गणेश खनालले बताउनु भयो।कार्यक्रममा गाउपालिका उपाध्यक्ष अमृता गुरुङ ,प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराई , लेखा अधिकृत नारायण पौडेल लगायतको उपस्थिति रहेको थियोे ।