सियारीमा नियमित विद्यालयमा जाने विद्यार्थीलाई नगद पुरस्कार
चित्र गुरुङ
सियारी ,श्रावण ७
विद्यार्थीलाई नियमित रुपले विद्यालयमा हाजिर गराइ शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले रुपन्देहीको सियारी गाउपालिकाले गाउपालिका अन्तरगतका सामुदायिक विद्यालयमा सबै भन्दा धेरै हाजिर हुने बिद्यार्थीहरुलाइ गाउपालिकाको बार्षिक कार्यक्रम अनुसार नगद पुरस्कार वितरण गरेको छ।
बार्षिक कार्यक्रम अन्तर्गत कक्षा ३,५ ,र ८ मा अध्यन गर्ने विद्यार्थीहरुलाइ हाजिरी रेकर्डको आधारमा पहिलो,दोस्रो र तेस्रो श्रेणीमा छुट्टाइ पुरस्कार वितरण गरिएको हो। कक्षा ३ मा हाजिरिमा प्रथम हुनेलाइ ६ हजार ,दोस्रो हुनेलाइ ५ हजार र तेस्रो हुनेलाइ ३ हजार ५ सय नगद प्रदान गरिएको छ। कक्षा ५ मा प्रथम हुनेलाइ ७ हजार ,दोस्रो हुनेलाइ ५ हजार ५ सय र तेस्रो हुनेलाइ ४ हजार नगद प्रदान गरिएको छ।त्यसै गरि कक्षा ८ मा प्रथम हुनेलाइ ८ हजार ,दोस्रो हुनेलाइ ६ हजार र तेस्रो हुनेलाइ ५ हजार नगद पुरस्कार वितरण गरिएको छ।
त्यसै गरि बालबालिकाको सिकाइ प्रभावकारी बनाउनको लागि गाउपालिका अन्तरगतका धार्मिक बालबिकास केन्द्र ,सामुदायिक बालविकास केन्द्र र विद्यालयमा रहेका बालविकास केन्द्रहरुलाइ शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको थियोे ।