कृषि र लकडाउन

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समय बिश्वनै कोभिड १९ कोरोना भाईरसको चपेटामा परिरहेको छ । सो क्रम संगै नेपालमा पनि सम्भावित जोखिम मध्यनजर गर्दै नेपाल सरकारले पहिलोपटक चैत्र ११-१८ , दोस्रोपटक २५ सम्म ,तेस्रोपटक बैशाख ३ गतेसम्म, चौथोपटक १५ सम्म , पाँचौपटक २५ गतेसम्म घोषणा गरिसकेको छ भने पुनः जेष्ठ १० गते सम्मकालागि घोषणा गर्ने तयारी गरिरहेको छ। हाल भारतमा अवस्था थप जटिल हुनु र नेपाल भारत खुला सिमा क्षेत्र बन्द गरिएकाे भने पनि अत्यावश्यक सागग्रि ढुवानि तथा नेपालि र भारतिय विचकाे सामाजिक सास्कृतिक सम्बध, जीवन जिउन न्युनतम वस्तुकाे अभावका कारण नेपाल आउन लुकिछिपि मार्ग प्रसस्त देखिन्छ । याे विषम परिस्थितिमा कृषिजन्य उत्पादन वजार पुर्याउन पनि अति जाेखिमपुर्ण छ । दैनिक उत्पादन हुने र भण्डारण गर्न नमिल्ने र दैनिक भान्छामा पुग्नैपर्ने हरियाे सागसव्जि कसरी वजार र भान्छामा पुर्याई कृषककाे लगानि संरक्षण तथा उपभाेक्ताकाे पेटसम्म पुर्याउन उत्पादक, वितरकले अत्यन्तै जाेखिम माेल्नुपर्ने भएकाे छ । याे अवस्था कहिलेसम्म? प्रश्न आफैमा अनुत्तरित छ । जवाफ कसैसंग छैन । पर्खिन मिल्ने विषयक्षेत्र याे हाेइन । हामी कृषक कहिलेसम्म जाेखिम माेलेर आफ्नाेे लगानि जाेगाउन लागिरहने । वजार नलैजाउ आँखा अघि लाखाै कुहिन्छ लैजाउ घर आउदा काेराेना भित्रिने पाे हाे कि?

अब थप चुना‌ैति उत्पादित वस्तुुुुुकाे वजारिकरण तथा धान खेतिका लागि बीउ खरिद मलखाद व्यवस्थापन खनजाेत राेपाइमा पनि देखापर्ने छ । बीउ तथा मलखाद व्यवस्थापनमा सरकारको प्रमुख ध्यान जानुपर्ने देखिन्छ भने स्थानीय सरकारले समेत कृषि प्रयोजनका लागि प्रयोग हुने यन्त्रको दरभाउमा एकीकत दररेट कायम गरि किसानलाई सहयोग तथा उत्थान गर्नेतर्फ लाग्नुपर्ने हुन्छ। लकडाउन बढ्दै जाँदा किसानमुखि राहत तथा किसानलाई सुविधाहुने खालको योजना बनाई कार्यान्वयन गर्नुपर्ने पनि टड्कारो आबश्यकता देखिन्छ।
जय किसान
महेन्द्र गौतम,फर्साटिकर


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *