खुशीको खोजी
खोजेर खुसी भेटाउन अब भनिदेउ का जाने
उमेरले साठी नागेनी पिर छ के लाउने के खाने ।
भत्किन लाको माटोको गारा चुहिने छानो खर
एक कोसो केरा बेचेर आमा चलाउछिन आफ्नो घर ।
हुनेले खान्छ्न मिठा ती कुरा नहुने म के खाउ
किन्नेले भन्छ किन्दिन आमा महङ्गो भयो भाउ ।
कोहि आउछ्न किन्न नकिनी जान्छ्न बचनले मन रेटि
मेरो यो दुख अनि ती घरमा बसेका केटकेटि ।
पानीले हान्छ हावाले हान्छ गर्मीको के कुरा
आमाको जीवन फुटपाथको छेउमा सपना अधुरा ।
खुसिको झोली गएसी बरा कर्ममा झन रित्ती
दसको आठ नभै लादैन हजुर लाने नजिती ।
कर्मको खेला खुसिको खोजी यसरी नि हुन्छ
जति म हेर्छु आमाको दुख देखेरै मन रुन्छ ।
पाईदैन हजुर जिवनले रोज्या जिवनले जे माग्यो
यो दुख देख्दा दुखको अन्त्य हुदैन झै लाग्यो ।
अर्जुन रेग्मी ‘अर्सन’
सखुवानी