मायादेवी गा. पा. रुपन्देहीमा लालपुर्जा वितरण

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

मायादेवी, श्रावण ९
मायादेवी गाउँपालिका, रुपन्देहीले गाउँ ब्लक कित्ताको जग्गा धनि प्रमाण पुर्जा वितरण गर्ने कार्यलाइ निरन्तरता दिएको छ । गा.पा. ले नापी कार्यालय रुपन्देहीको प्राबिधिक सहयोग र समन्वयमा २०७७ श्रावण ०९ गते शुक्रबार दिउसो ३:३० बजे एक कार्यक्रम गरि साबिक बर्सौली गा.वि.स. वडा न ९ ख कि.न.४९३ हाल मायादेवी गाऊँपालिका वडा न.६, बेथरी उत्तर टोलको गाऊँब्लकमा रहेका जम्मा २० घरलाइ पुर्जा वितरण गरेको छ ।
कार्यक्रममा शुभकामना र स्वागत मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगानाले नापी कार्यालय रुपन्देहीलाइ बिशेष धन्यवाद दिनुका साथै पुर्जा प्राप्त गर्ने जग्गा तथा घर धनिहरुलाई बधाई समेत दिनुभएको र आगामी दिनमा समन्वय,सहयोग र सहकार्यको समेत अपेक्षा राख्नु भएको छ ।


कार्यक्रममा नापी कार्यालय रुपन्देहीका नापी अधिकृत इ.शालिग्राम लम्सालले मायादेवीमा पुर्जा गाऊँब्लकको पुर्जा वितरण गर्न पाउदा अत्यन्तै हर्षित भएको र मायादेवी गा पा को अन्य गाउ ब्लकको काम पनि यथाशिघ्र अगाडी बढाइने बताउनु भयो । गाऊँब्लक नापी तथा पुर्जा वितरणमा समन्वय तथा सहजीकरण गर्ने मायादेवीका अमिन हृदेश बनियाँलाइ बिशेष धन्यबाद दिदै मायादेवी गाउपालिकाको पुर्जा वितरणका लागि समन्वयकारी भूमिकाको प्रशंसा गर्दै पुर्जा प्राप्त गर्ने जग्गा धनीहरुलाई बधाई समेत दिनु भएको छ ।

त्यसै गरि पुर्जा प्राप्त गर्ने सेवाग्राहीहरुको तर्फ बाट प्रतिनिधित्व गर्दै बोल्नु भएको स्थानीय सन्तकुमार यादवले बर्षौ देखि पुर्जा बिहिन भएर बसेको र हाल गाउपालिकाको पहलमा पुर्जा प्राप्त हुदा खुशी व्यक्त गर्दै सम्पूर्ण जग्गा धनिहरुको तर्फ बाट गाऊँपलिकाका अध्यक्ष, कार्यकारी अधिकृत, गा.पा. का अमिन र नापी कार्यालय परिवारलाइ विशेष धन्यबाद दिनु भएको छ ।


कार्यक्रमको अन्त्यमा बोल्नु हुदै गा पा अध्यक्ष ध्रुब नारायण चौधरीले मायादेवी गाउपालिका गाऊँ ब्लक जग्गाको नापी तथा लालपुर्जा वितरण गर्न लागि नापी कार्यालय संग समन्वय र सहकार्य गर्न सदैब तयार रहेको बताउनु भयो । सोहि दिन नापी सुरु भएको हाल वडा न.५ गोनाहा गाउको र २१ दिने सूचना जारि भएको वडा न.१ सुरवल गाऊँको पनि सके सम्म छिटो पुर्जा वितरण गर्ने बातावरण मिलाउन नापी कार्यालय संग अनुरोध समेत गर्नु भएको छ साथै उक्त कार्यमा सहजीकरण गर्ने सम्पूर्ण व्यक्ति तथा निकायलाइ धन्यबाद दिदै पुर्जा प्राप्त गर्ने सेवाग्राहीहरुलाइ बधाई पनि दिनु भएको छ ।


मायादेवी गाउपलिकाका अमिन तथा कार्यक्रम संचालक हृदेश बनियाले संचालन गर्नु भएको कार्यक्रममा गा.पा. का अध्यक्ष ध्रुबनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना, शिक्षा अधिकृत नारायण लामिछाने, लेखा अधिकृत ओमेश गैरे, प्रशासन शाखा प्रमुख पम्फा पन्थ, इन्जिनियर दिलिप अग्रहरी त्यस्तै नापी अधिकृत इन्जिनियर शालिग्राम लम्साल, अमिन दिपक खनाल, जिल्ला अदालत रुपन्देहीका सर्वेक्षक सुमित चापागाईं, मनोज थापा, राष्ट्रिय भुमि अधिकार मंचका सहजकर्ता अर्जुन प्रसाद हरिजन र संचारकर्मी पदम भण्डारी लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *