ग्रीनपार्क तोडफोड काङ्ग्रेस नेतृत्वले नगरेको वार्तासमितिका सदस्यहरूको भनाइ

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

अर्जुन खत्री,फर्साटिकर रुपन्देही
साउन २०

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.५ दरवाहा रहेको ग्रीनपार्क तोडफोड काङ्ग्रेस नेतृत्वले नगरेको गाउँपालिकाले सोही क्षेत्रको विवाद समाधान गर्न गठित वार्तासमितिका सदस्यहरुले बताएका छन।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै वार्ता समितिका सदस्यहरु कमल खड्का र चन्द्रमान चौधरीले वार्तास्थलमा नेपाली काङ्ग्रेसका शुद्धोधन सभापति सेरबहादुर काफ्लेसहित ३ जनाको नेतृत्वमा तोडफोड भएको भनी केही समुहबाट भ्रम र गलत शन्देश फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन। गाउँपालिकाले समस्या समाधानका लागि गठन गरेको वार्तासमितिमा आफुहरु रहेकाले पहिलो दिन १५ गते वार्ता सौहार्दपुर्ण भएको र दोस्रो दिन बिहानबाट सुरु भएको वार्ता नटुङ्गिएपछी केही समयपछि बस्ने भनी स्थगित भएको बैठक निर्धारित समयमा वार्तासंयोजक पुण्यराम गौतम उपस्थित र सम्पर्कमा नभएको बेलामा स्थानीयहरु जम्मा भइ आक्रोशित भएको खबर वार्ता स्थलमै जानकारी पाएको र

नेपाली काङ्ग्रेसका तर्फबाट वार्ताका सदस्यहरू साढे ४ बजेसम्म वार्तास्थलमा रहेको बताएका छन्।
उनिहरुले उक्त तथ्यलाई गाउँपालिकाको सिसिटिभी फुटेज,शुरक्षाकर्मी ,गाउँपालिकाका कर्मचारीले पुष्टि गर्ने बताएकाछन्।
जनताको समस्यालाई गाउँपालिका र नेपाली कांग्रेसको वार्ता टोली मार्फत समाधान गर्ने प्रयास गरिरहेको समयमा अराजनीतिक तत्वहरुले तोडफोड गरेको भन्दै उनिहरुले भत्सर्ना गरेका छन्।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *