शुद्धोधन २ बनगाईमा रक्तदान कार्यक्रम सम्पन्न

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

साउन २०
फर्साटिकर, रुपन्देही ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वार्ड नं २ बनगाईमा रक्तदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । शुद्धोधन गाउँपालिका स्तरीय बृहत् रक्तदान कार्यक्रम साउन २४ गते सम्म चल्ने साथै हालसम्म शुद्धोधन २/३ मा कार्यक्रम सञ्चालन भैसकेको र १,४,५,६,७ मा कार्यक्रम सञ्चालन गरिने जानकारी नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष राजेश हमालले दिनुभएको छ।

नियमित कार्यक्रमका रुपमा सञ्चालन भैरहने रक्तदान अन्तर्गत यसपल्ट गाउँपालीका भित्रका हरेक वार्डमा तालिका अनुरुप सञ्चालन हुने कार्यक्रम १८ गते शुद्धोधन ३ शंकर मावि बाट सुरु भएकोमा , २० गते वार्ड नं २को बनगाई हाटबजार स्थल, २१ गते शुद्धोधन १ शिशै मावि , २२ गते वार्ड नं ५ पकडि बजार , २३ गते बार्ड नं ६ र ७ को संयुक्त कार्यक्रम जनता अाधारभुत बिद्यालय र २४ गते समापन कार्यक्रम शुद्घोधन ४ फर्साटिकर मावि मा हुने जानकारी फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिनुभएको छ।

शुद्धोधन गाउँपालिकाको अार्थीक सहयोगमा भएको कार्यक्रमा शुद्धोधन ३ मा २२ पोका र शुद्धोधन २ मा ३० पोका रगत संकलन भएको थियो कार्यक्रम नियमित रक्तदाता संघ शुद्धोधन , फर्साटिकर युवा क्लब, प्रस्तावित रोट्र्याक्ट क्लब अफ तिलोत्तमा शुद्धोधन र फर्साटिकर व्यापार संघको संयुक्त व्यवस्थापनमा भएको कार्यक्रममा रेडक्रस सोसाइटी बुटवल शाखाको प्राविधिक सहयोग रहेको छ भने मिडिया पार्टनरको भुमिकामा रेडियो शुद्धोधन ९५.१ मेगाहर्ज रहेको जानकारी प्रस्तावित रोट्रयाक्ट क्लब अफ तिलोत्तमा शुद्धोधनका अध्यक्ष महेन्द्र गौतमले दिनुभएको छ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *