जात्रा देखाउन नपाए पछि पाल्पाली कलाकारले अपांगलाई गरे सहयोग
सन्तोष बस्याल
पाल्पा, श्रावण २१
काठमाण्डौ पछी सबै भन्दा बढी जात्रा प्रहशन हुने र काठमाण्डौको भाइ भनेर चिनिने पाल्पामा पनी यस पटक कोरोना त्रासले कसैले पनी जात्रा निकालेनन। पश्चिम नेपालमा सबै भन्दा ठुलो जात्रा लाग्ने पाल्पामा धेरै बर्ष पछी जात्रा रोकिन पुगेको जानकारहरु बताउछन । पाल्पामा हुने सबै भन्दा ठुलो जात्रा भगवती जात्रा समेत यस पटक कोरोना त्रासका कारण रोक्न बाध्य भएको आयोजकले जनाएको छ । यसै बिच बर्षेनी जात्रा निकाल्ने पाल्पाली कलाकारहरुले यस पटक फरक तरिकाबाट जात्रालाइ सम्झिने प्रयास गरेका छन ।
२०५२ साल देखी नियमित जात्रा प्रशसन गर्दै आएका पाल्पाली नाटय तथा सास्कृतीक समुहका कलाकारहरुले यस पटक अपांग तथा बिपन्नहरुलाइ कपडा लत्ता लगाएतका सामग्री बितरण गरि मनाएका छन । समुहका अध्यक्ष किरण चित्रकारको नेतृत्वमा रहेका कलाकारहरुको समुहले पाल्पा सिबिआरको कार्यालयमै पुगी सामग्रीहरु हस्तान्तरण गरेको हो ।
कोभिड १९ का कारण यो वर्ष जात्रा गर्न नपाएपनि अघिल्ला बर्षहरुका जात्रामा सहयोग गर्ने सहयोगीहरुको उपलब्ध गराएका सामग्रीे सीबीआर संस्थामा आश्रित १३ जनाअपाङ्गता तथा अशक्त बालबालिकाहरुलाई वितरण गरिएको हो । समुहका अध्यक्ष किरण चित्रकारले बर्षेनी जात्रा अबसर पारेर संस्थाले सहयोग गर्ने गरेको बताउदै यस पटक भने कोरोना कहरका कारण जात्रा प्रस्तुत गर्न नसके पनी सहयोगको काम लाई निरन्तरता दिने उद्येश्यले सामग्री बितरण गरेको बताए । सिबिआरमा रहेका १३ जना र अन्य क्षेत्रमा रहेका ६ जनालाई बिभिन्न जिन्सी सहयोग गरेको चित्रकारले बताए ।