सियारीमा उधमशिलता तालिम सम्पन्न

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

चित्र गुरुङ
सियारी, श्रावण २७
कोभिड १९ बाट प्रभावित व्यक्तिहरुको जीविकोपार्जनमा सुधार र रोजगारी प्रबर्दन गर्ने उद्देश्यले युनेस्कोको आर्थिक सहयोग तथा सियारी गाउँपालिका र कन्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूटको संयुक्त आयोजनामा सन्चालित ४ दिने उधमशिलता विकास तालिम सियारी गाउँपालिकामा सम्पन्न भएको छ ।

समापन कार्यक्रममा बोल्दै सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ्गले वर्तमान अवस्थामा सबैजना उद्यमशीलतामा अग्रसर हुनुपर्ने बताउनुभयो । रास्ट्रको सुनौलो भविस्य युवाहरुको हातमा छ र परिवारको भविस्य कसरी अगाडी वढाउने भन्ने सोच राख्ने युवालाई उद्यमशिलतावारे प्रशिक्षण गर्न जरुरी थियो जसानुसार यो अवसर यहाँका युवाले प्राप्त गरेका छन् भन्दै उपाध्यक्ष गुरुङ्गले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।


अव युवाहरुले व्यवसायिक सीप सीकेर स्वदेशमा नै रोजगार साथै व्यावसाय गर्ने कुरा उक्त कार्यक्रमको विशेष उद्देश्य रहेको छ । तालिममा गाउँपालिका भित्र गर्न सकिने विभिन्न किसिमका ३९० घण्टे सीप तालिममा ४ किसिमका ब्यबसाय छनौट गरीएकोमा विल्डिङ्ग इलेक्ट्रिसियन, हाते कडाई, पलम्बिङ्ग र मोवाइल रिपेयरिङ्ग जस्ता सीप छनौट भएको हुँदा यस्ता तालिम वर्तमान परिप्रेक्षमा निक्कै प्रभावकारी हुने देखिएको छ । सम्पूर्ण सहभागीहरुलाई क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले हरहमेशा सहयोग गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा वोल्दै सियारी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख सुधिर पौडेलले रोजगारी, स्वरोजगार वा रोजगार दाता बन्नका लागि अझै कडा मेहनत गर्नुपर्ने बताउदै युनेस्को संस्था शिक्षा क्षेत्रमा काम गरेको नेपालकै सबैभन्दा ठूलो संस्था रहेको र यस तालिममा सहभागी हुन पाउनु सुनौलो अवसर को रुपमा लिनु पर्ने बताउनुभयो । समापन कार्यक्रममा सहभागीको तर्फवाट कालिन्दा थारु र जितेन्द्र ठाकुरले वोल्दै यस तालिमले आफ्नै स्वदेशमा केही गरौ भन्ने भावना र आफुहरुलाई नयाँ उर्जा मिलेको समेत बताउनुभयो। तालिममा अवधिभर मिन राना, जीवन भुसाल, भगवती पुन र सुचना रानाले सहजीकरण गर्नु भएको थियो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *