कोरोना कहरले खुम्चियो एतिहासिक भगवती जात्रा
सन्तोष बस्याल
पाल्पा २८, श्रावण
पश्चिम नेपालकै ठुलो भगवती रथ यात्रा यस पटक औपाचारिकतामा मात्र मनाइएको छ । कोरोना त्रासका कारण दुइ सय वर्षदेखि मनाइँदै आएको ऐतिहासिक भगवती जात्रा मन्दिर परिसरमा मात्र सानो कार्यक्रम गरी मनाइएको हो ।
बर्षेनी ठुलो तयारीका साथ मनाउने गरेको भगवती जात्रा ऐतिहासीकता संग गासिएको हु्दा यस जात्राको धेरै ठुलो महत्व रहेको छ । नेपाल अंग्रेज युद्धमा नेपाली फौजले अंगे्रज फौजलाइ हराएको सम्झना स्वरुप हरेक बर्ष यो जात्रा मनाउने गरिन्छ । वि.स. १८७१ देखि १८७२ सम्म बुटवलको जितगढी नुवाकोट किल्लामा नेपाली सेनाले अंग्रेज फौजलाइ हराएको थियो । देशका धेरै स्थानमा हार बेहोरेको नेपाली फौजले जितगढी युद्धमा भने शानदार जित हासिल गरेको थियो । सोही युद्धमा जानु पुर्व तात्कालिन पाल्पाका कर्णेर उजिर सिंले भगवती मातालाइ भाकल गरि लडाइमा जित हासील गरे सिन्दुर जात्रा सहित भब्य मन्दिर बनाइ बर्षेनी जात्रा निकाली बजार परिक्रमा गराउने भाकल गरेका र जित हासिल संगै हरेक बर्ष यो जात्रा मनाउने चलन छ । यही किल्ला जितेको सम्झनामा दुइ सय वर्ष अघि देखि तानसेनमा भगवती जात्रा विजय उत्सवको रुपमा मनाइँदै आएको छ । हरेक वर्ष कृष्णाजन्माष्टमीको भोलिपल्ट जात्रा निकालिने प्रचलन रहेको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिने सम्भावना रहेकाले यो वर्ष सानो कार्यक्रम मात्र गरेर मनाइएको भगवती मन्दिर ब्यवश्थापन समितीका अध्यक्ष राजेश्वर उदयले बताउनु भयो । अघिल्ला बर्षहरुमा बाजा गाजा सहित सयौको संख्यामा तानसेन बजारका विभिन्न स्थानमा धुमधामसहित भगवती जात्रा निकाल्ने प्रचलन थियो । तर यो वर्ष सेना, प्रहरी, शसत्र प्रहरीको सानो टुकडी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, केही जनप्रतिनिधि र केही सर्वसाधारणको सहभागितामा मन्दिर परिषरमा मात्र सामान्य कार्यक्रम गरि मनाइएको छ।