तानसेनमा समुदाय स्तरमै कोरोना संक्रमित भेटिए
सन्तोष बस्याल
पाल्पा,साउन २९
कोरोना सन्क्रमित निको भएर घर फर्किए सङ्गै सुरक्षत महसुस गरिएको पाल्पाको तानसेनमा समुदाय स्तरमै कोरोना सन्क्रमित भेटिएको छ । बुधबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो । घरमै बस्ने गरेकी महिला केही दिन अघि लुम्विनी मेडिकल कलेजमा आफन्तको उपचारका लागि पुगेको बताइएको छ । चार जनाको स्वाब सन्कलन गरि पठाइएकोमा भने उनका श्रीमान सहित अन्यको रिपोर्ट नेगेटिभ आएको छ । समुदाय स्तरमै कोरोना देखिएपछि तानसेनमा त्रास फैलिएको छ । सन्क्रमित भेटिए सङ्गै वडाको बैठक बसि नगरबासिलाइ घर बाहिर ननिस्कन आग्रह गरेको छ।
थपिएकी महिलासँगै तानसेनमा संक्रमितको संख्या १५ पुगेको छ । पाल्पामा जम्मा जम्मा सन्क्रमित मध्य ५ सय ६० जना डिस्चार्ज भएका छन् । एक जनाको भने मृत्यु भएको छ ।