दर्बाहा तोडफोडको नैतिक जिम्मेवारी काङ्ग्रेसले लिने
अर्जुन खत्री
फर्साटिकर,रुपन्देही
भदौ १
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.५ दर्वहवा रहेको ग्रीनपार्क(बालउद्दान ) तोडफोड र क्षतिको नैतिक जिम्मेवारी नेपाली काङ्ग्रेस शुद्धोधनले लिएको छ।
प्रदेश ५ प्रदेशसभा सदस्य तुलसि चौधरी र नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती समिति रुपन्देही सचीव रामकृष्ण खाणको रोहबरमा शुद्धोधन गाउँपालिका र नेपाली काङ्ग्रेसबिच भएको वार्तामा ५ बुदे सहमति भएको गाउपालिका प्रवक्ता राजेन्द्र कडेलले जानकारी दिनुभयो।
पछिल्लो समय दर्वहवाको तोडफोडको विषयलाई लिएर गाउँपालिक र नेपाली काङ्ग्रेस बिच आरोप प्रत्यारोप चलिरहेको थियो।
काङ्ग्रेसले नैतिक जिम्मेवारी लिएसङ्गै अब विवाद टुङ्गिएको छ। छलफलबाट ग्रीनपार्क पार्क निर्माण कार्यलाई संयुक्त रुपमा सञ्चालन गर्ने,तोडफोडमा संलग्न अपराधीहरुलाई छिटो कानुनी कारबाही गर्ने, छठपुजा गर्बे स्थल र शबदाह गृहस्थल गाउँपालिकाले चयन गरि निर्माण गर्ने र नेपाली काङ्ग्रेस शुद्धोधनको तर्फबाट अवांक्षण कार्य हुने गतिविधिलाई निरुत्साहित गर्ने सहमती भएको छ।
यो भिडियो पनि हेर्नुहोला-