कोभिड – १९ को संक्रमण रोक्न सियारीले गर्यो विभिन्न निर्णयहरु
तुलसी राम पौडेल
सियारी,भाद्र १
विश्वब्यापी महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको सक्रमण रोक्न रुपन्देहीको सियारी गाउँपालिकाले विभिन्न निर्णयहरु गरेको छ।
यहि श्रावण ३२ गते गाउँपालिकाको कार्यपालिका को सम्पन्न बैठकले कोरोना भाइरस संक्रमण रोक्न गरेका निर्णयहरुलाइ पालन गरि सहयोग गर्न गाउँपालिका बासिलाइ अनुरोध गरेको छ।जस अन्तरगत मानिसहरू जमघट तथा भेला हुने कार्य गर्न गराउन पाइने छैन । दैनिक नित्य पुजा बाहेक अन्य धार्मिक कार्यको आयोजना गर्न पाइने छैन ।
भिडियो यहाँ छ-
अति आवश्यक काममा बाहेक एक अर्काको घरमा आवतजावत गर्न पाइने छैन ।सडक बाटोमा निस्कने र हिडडुल गर्न पाइने छैन ।शैक्षिक संस्थाहरुको प्रशासनिक कार्य बाहेक अन्य गतिविधि संचालन गर्न पाइने छैन ।बैंक तथा बित्तिय सस्था ,सहकारी लगायत जनता सँग प्रत्यक्ष सरोकार राख्ने सस्थाहरु सकेसम्म कम जनशक्ति प्रयोग गरि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संचालन गर्नुपर्नेछ।। घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ।खाद्यान्न र तरकारी पसल बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म भौतिक दुरि कायम गरेर संचालन गर्नुपर्नेछ।
दुग्ध जन्य व्यवसाय बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म संचालन गर्नुपर्नेछ। यातायातका साधनहरु आवश्यक कार्यका लागि बाहेक प्रयोग गर्न पाइने छैन ।सबै हाटबजार लगाउने कार्य बन्द गरिएको छ।होटल ,रेस्टुरेन्ट ,रिसोर्ट पुर्ण रुपमा बन्द गर्नुपर्ने छ।
औद्योगिक तथा निर्माण कार्यमा समलग्न कर्मचारी तथा श्रमिकहरुको सुरक्षा मापदण्ड पालना गरि संचालन गर्न सकिने ,सुरक्षा मापदण्डको पालना गराउने दायित्व सम्बन्धित रोजगारदाताको हुनेछ।