सियारीमा संक्रमित १८ जना पुग्यो,६ जना घर फर्के
चित्र गुरुङ
सियारी,भाद्र ३
विश्वब्यापी महामारी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरस कोभिड -१९ को संक्रमण सियारी गाउँ पालिकामा क्रमशः वृद्धि हुँदै गएको छ। सियारी गाउँ पालिका स्वास्थ शाखाले बुधबार दिउसो ३ बजे दिएको रिपोर्ट अनुसार गाउँ पालिकामा नोबेल कोरोना भाइरस संक्रमणको संख्या १८ जना पुगेको छ जसमध्ये ६ जना कोरोना जितेर घर फर्किसकेका छन्। बाँकी १२ जना आइसोलेसनमा रहेको स्वास्थ कार्यालयले जनाएको छ जस अन्तरगत सियारी गाउँ पालिका वाड नं ४ का एक जना व्यक्ति एनफा आइसोलेसन बुटवलमा रहेका छन् भने २ जना भैरहवा होटलमा आइसोलेसनमा रहेका छन ।ती दुबै जनामध्ये एक जना बैंकका कर्मचारी र एकजना आयल निगमका कर्मचारी भएको र सियारी वाड नं १ र २ का निवासी भएको स्वास्थ शाखाले जनाएको छ।
यो भिडियो हेर्नुहोस्-
त्यसै गरि मैनहिया आइसोलेसनमा ४ जना रहेका छन जस अन्तरगत वाड नं १ का १ जना ,वाड नं ४ का २ जना र वाड नं ७ का १ जना रहेका छन् ।बाँकी ५ जना होम आइसोलेसनमा रहेका छन् जस अन्तरगत वाड नं २ का १ जना, वाड नं ४ का १ जना ,वाड नं ५ का १ जना,वाड नं ६ का १ जना र वाड नं ७ का १ जना रहेका छन् । सियारी गाउँ पालिकामा कोरोना संक्रमित व्यक्तिहरु दुई जना बाहेक विदेशबाट आएका व्यक्तिहरु मध्य भएको स्वास्थ शाखाका मनोज पौडेलले जानकारी दिनुभयो।