गुल्मी मा क्षमता भन्दा तिन गुना बढी यात्रु र सामान,फोटो खिच्ने माथी दुर्व्यवहार
काठमाडौं,भाद्र ३
गुल्मी तम्घास देखि इस्मा दोहोलि जाँदै गरेको एक सवारी चालकले गाडीको फोटो खिच्ने भन्दै एक युवकमाथी दुव्र्यवहार गरेका छन् । उक्त चालकले आफ्नो सवारी साधनमा क्षमता भन्दा बढी तीन गुना यात्रु र सामान बोकेका थिए । गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं-३ दर्लामचौरमा अहिलेको यस्तो अवस्थामा दोब्बर लोडमा सवारी चलिरहेको देख्दा उक्त युवाले फोटो खिचेको र फोटो खिच्दा चालकले दुव्र्यवहार गरेको बताएका छन् ।
यो भिडियो पनि हेर्नुहोस्-
कोरोना भाइरसको महामारिले गर्दा विश्व र देश अहिले ठुलो संकटमा छ। यस्तो बेलामा यसरी लापरबाही गरेर सवारी साधान चलाउने हो भने माहामरीले देश सकिन बेर लाग्दैन । सरकारले बनाएको नियमकानुन सबैले मान जरुरी छ।
दिनहुुँ सयौं मानिसको मुत्यु र हजारौं संक्रमीत भेटिएको अवस्थामा यसरी लापरबाही गरेर सवारी साधान चलाउने हो भने यसको परिमाण कस्तो होला हामी सबैलाई थाहा भएको कुरा हो ।