शुद्दोधन गाउँ पालिकामा समुदाय मै देखियो कोरोना, प्राथमिक स्वास्थ केन्द्र बिहिबार देखी शिल हुने
चित्र गुरुङ
फर्साटिकर,भाद्र ३
विश्वव्यापी रुपमा व्यापक रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस कोभिड -१९ को संक्रमण रुपन्देहीको शुद्दोधन गाउँपालिका को समुदाय मै हुन थालेको छ।
शुद्दोधन गाउँपालिकाको स्वास्थ्य सह संयोजक बविता न्यौपानेले दिएको जानकारी अनुसार ५ जनाको कोरोन पोजेटिभ प्रमाणित भएको छ जस अन्तरगत
क्वारेन्टाइनका २ जना , मोतिपुर प्राथमिक स्वास्थ केन्द्रका २ जना र एक जना शिक्षक रहेका छन् ।
यो भिडियो पनि हेर्नुहोस्-
मोतिपुर प्राथमिक स्वास्थ केन्द्रका डक्टर र नर्स संक्रमित भएको बताइएको छ। मोतिपुर प्राथमिक स्वास्थ केन्द्रमा बुधबार साझदेखी नै सेवा बन्द गरिएको र बिहिवार देखि प्राथमिक स्वास्थ केन्द्र शिल गरिने मोतिपुर प्राथमिक स्वास्थ केन्द्रका अध्यक्ष एव शुद्दोधन गाउँपालिका वडा नं-४ का वडा अध्यक्ष राजेन्द्र कन्डेलले जानकारी दिनुभयो। डाक्टर सँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजिको लागि ओपिडी रजिस्टर बाट संक्रमित जोखिममा रहेका व्यक्तिहरु खोजिने अध्यक्ष कंडेलले बताउनु भयो। साथै गाउँपालिका लाइ सक्रमित बाट जोगाउन गाउँपालिकाले छिटै नै प्रभावकारी तरिका अपनाइने बताउनु भयो ।
यो भिडियो पनि हेर्नुहोस्-