सियारीमा कोरोना संक्रमण रोक्न वडा स्तरमा PCR परिक्षण शुरु
चित्र गुरुङ
सियारी, भाद्र ४
विश्वब्यापी महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमणबाट रुपन्देहीको सियारी गाउँ पालिकामा पनि देखिन थालेकोले संक्णरमणले महामारीको रुपमा नजाओस् भन्ने उद्देश्यले सियारी गाउँ पालिकाले वडास्तरबाट कोरोना जाँच अभियान शुरु गरेको छ। अभियान अन्तरगत सियारी गाउँ पालिका वडा नम्बर ७ पश्चिम् अमवाका सक्रमणको जोखिममा पर्न सक्ने विभिन्न सघ सस्थाका व्यक्तिहरुको मंगलवार PCR परिक्षणको लागि स्वाब निकालेर पठाइएको सियारी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारिले जानकारी दिनुभयो।
यो भिडियो पनि हेर्नुहोस्-
पश्चिम् अमवाका किराना पसल व्याबसायी ,बैंक तथा बित्तीय सस्थाका कर्मचारी , होटेल तथा फलफूल ब्याबसायी ,औषधि पसल संचालक ,वडाका जनप्रतिनिधि ,कर्मचारी लगायत ३० जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरि पठाइएको वडा अध्यक्ष अधिकारिले बताउनु भयो। जोखिममा रहेका व्यक्तिहरुको कोरोना परिक्षणको रिपोर्टले समुदायमा नोबेल कोरोना भाइरसको सक्रमण रोक्न सहज हुने सियारी गाउँ पालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो। सियारी गाउँ पालिकाले वडा स्तरमा कोरोना परिक्षण क्रमश अन्य वडाहरुमा पनि गरिने सियारी गाउँ पालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो।
सियारी गाउँ पालिकामा हालसम्म १८ जना कोरोना संक्रमित मध्य ६ जनाले कोरोना जितेर घर फर्किसकेको र बाकी १२ जना आइसोलेसनमा सामान्य अवस्थामा रहेको स्वास्थ शाखा संयोजक बुद्धि बहादुर घर्तिले जानकारी दिनुभयो।
यो भिडियो पनि हेर्नुहोस्-