कोरोना संक्रमित बढे सँगै पाल्पामा निषेधाज्ञा जारी

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पाल्पा ५ भाद्र ।

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बृद्धी भएसंगै संभावित जोखिमबाट जोगिन जिल्लामा शुक्रबार राति १२ बजे देखि भदौ १२ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । विहिबार बसेको जिल्ला सुरक्षा समितीको बैठकले संभावित संक्रमणको जोखिम रोक्न शुक्रबार राती देखी लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यो अबधीमा अत्यावश्यक सेवा बाहेक कुनै पनी सवारी सञ्चालन गर्न रोक लगाइएको छ ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालन गर्न नपाइने जिल्ला सुरक्षा समितीले निर्णय गरेको छ । खाद्यान्न सम्बन्धी पसल, फलफूल, तरकारी दूध डेरी पसल भने प्रतेक दिन विहान ७:०० बजे देखि १०ः०० बजेसम्म मात्र खोल्न पाउने ब्यवस्था गरिएको छ ।
यो भिडियो पनि हेर्नुहोस्-

सुरक्षा मापदण्ड पुरा गरेर एम्बुलेन्स, शव वाहन, खाद्यसामग्री बोक्ने सवारी साधन, औषधी बोकेका सवारी साधन, पशुपंक्षीको दाना बोकेका सवारी साधन, पानी, दूध, फलफूल तथा तरकारी लगाएतका सवारी साधनलाइ भने चल्न दिने निर्णय भएको छ। त्यस्तै बैठकले अत्यावश्यक सरकारी सेवा, स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, एटिएम काउन्टर जस्ता सेवाहरु खोल्न पाइने जनाइएको छ । बैंठकले अत्यावश्यक बाहेकका बढी भिडभाड हुने कार्यालय खोल्न रोक लगाएको छ । बैठकले यस अबधीमा कसैले यदी उक्त निर्देशनको अबज्ञा गरेको पाइएमा तत्काल कार्बाही गर्ने समेत जनाएको छ ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *