सियारी गाउँ पालिका मा ३० जना मध्ये २८ जनाको रिपोर्ट नेगेटिभ
चित्र गुरुङ
सियारी, भाद्र ७
विश्वब्यापी महामारी रूपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोक्न रुपन्देहीको सियारी गाउँ पालिका वडा नम्बर-७ पश्चिम अमवाका जोखिममा पर्न सक्ने ३० जना व्यक्तिहरुको गरिएको PCR परिक्षण मध्य २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ र बाँकी २ जनाको रिपोर्ट आउन बाकी भएको स्वास्थ शाखाले जनाएको छ। कोरोना भाइरस समुदायमा फैलिनबाट रोक्नको लागि सियारी गाउँ पालिकाले भाद्र २ गते वडा नम्बर ७ पश्चिम अमवाका किराना पसल व्यावसायी ,औषधि पसलका संचालक , बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरु,वडाका कर्मचारी लगायत जोखिममा पर्न सक्ने व्यक्तिहरुको स्वाब संकलन गरेर PCR परिक्षणको लागि पठाइएको थियोे ।सियारी गाउँ पालिकामा जोखिममा पर्न सक्ने अन्य वडाहरुका व्यक्तिहरुको स्वाब परिक्षण गरिने सियारी गाउँ पालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो।
यो भिडियो पनि हेर्नुहोस्-
सियारी गाउँ पालिकामा हालसम्म कोरोना सक्रमित १८ जना मध्य ६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । बाँकी १२ जना आइसोलेसनमा रहेका र स्वास्थ सामान्य रहेको स्वास्थ शाखा प्रमुख बुद्धि बहादुर घर्तिले बताउनु भयो ।