सियारीमा २६ जनाको PCR परिक्षणमा २६ जना सबै नेगेटिभ
तुलसी राम पौडेल
सियारी, भाद्र ८
विश्वब्यापी महामारिको रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोक्न रुपन्देहीको सियारी गाउँ पालिकामा जोखिममा पर्नसक्ने व्यक्तिहरुको PCR परिक्षण गरिएकोमा सबै नेगेटिभ रिजल्ट आएको छ।गाउपालिकाले यहि भाद्र ४ गते क्वारेन्टाइन , समुदाय र संक्रमित को सम्पर्कमा आएका व्यक्तिहरु समेत २६ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको लागि पठाएको थियोे ।
यो भिडियो पनि हेर्नुहोस्-
२६ जना नेगेटिभ मध्य १८ जना सियारी वडा नम्बर २ स्थित मैनहिया मा.वि.को क्वारेन्टाइनका थिए ।
क्वारेन्टाइनका १८ जना नेगेटिभ कोरोना भएका व्यक्तिहरुलाइ सियारी गाउँ पालिका अध्यक्ष अयोध्या थारुले सोमबार विदाइ गर्नुभयो। सो अवसरमा उहाले १ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने ,सामाजिक दुरि कायम गर्नुपर्ने लगायत स्वास्थ मापदण्डका नियमहरु पालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । हाल मैनहिया क्वारेन्टाइनमा ८ जना रहेका छन ।हालसम्म सक्रमित १८ जनामध्य ६ जना कोरोना जितेर घर फर्किसकेका र १२ जना आइसोलेसनमा रहेका छन् ।