समिप सहकारीद्वारा शोक अनुदान खर्च प्रदान

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

चित्र गुरुङ
सियारी,भाद्र ९

रुपन्देही जिल्ला सियारी गाउँ पालिका-७ अमवा बजार मा अवस्थित श्री समीप बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७०/७१ को वार्षिक साधारण सभाले यस संस्थाको सेयर सदस्यको मृत्युु हुँदा क्रिया खर्च (शोक अनुदान खर्च) बापत रू १५,०००/- नगद दिने निर्णय पारित गरेको थियो।


सोहि अनुसार सियारी-६, बर्दहवा निवासी यस संस्थाका सेयर सदस्य (सदस्यता नं. ००४४) स्व. श्री आश बहादुर गुरुङ ७९ वर्षको आयुमा स्वर्गवास भएकोमा कोभिड-१९ संक्रमणको जोखिम अवस्थामा पनि संस्थाको सञ्चालक समिति सहित संस्थाको व्यवस्थापक इन्द्रा कुमारी रानाभाट निजको घरमा गई श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने कामना गर्दै संस्थाको सचिव श्री कमल प्रसाद थारु द्वारा निजको धर्मपत्नी श्री शान्ती गुरुङ लाई क्रिया खर्च (शोक अनुदान खर्च)बापत रू. १५,०००/- प्रदान गरिएको छ ।

यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *