शुद्धोधनका प्रवक्ता आयुर्वेद औषधी लिएर संक्रमितको होम आइसोलेसनमा

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

अर्जुन खत्री ,फर्साटिकर रुपन्देही
भाद्र ९

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा समुदाय स्तरमा फैलिसकेको छ । समुदायस्तरमा कोरोना फैलिएपछि गाउँपालिकाम होम आइसुलेसनमा बस्ने संख्या पनि बढिरहेको छ। होम आइसुलेसन र गाउँपालिकाले निर्माण गरेको अन्य आइसुलेसनमा बसेका कोरोना संक्रमितहरुको गुनासो सुन्न र अवस्था बुझ्न शुद्धोधन गाउँपालिका प्रवक्ता एंव वडा न.४ का वडाअध्यक्ष राजेन्द्र कंडेल आयुर्वेद औंषधी र पौष्टिक आहार बोकेर आइसुलेसनमा पुगेका छन। होम आइसोलेसनमा बसेका ३ जना,यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको आसुलेसनमा रहेका २ जना र मोतिपुर स्वास्थ्य केन्द्रका २ जनालाई भेट्न गाउँपालिका प्रवक्ता सहित स्वास्थ्यकर्मीको टोलि पुगेको हो।

यसैगरी यज्ञोदयको क्वारेन्टिनमा रहेका १२ जनालाई पनि आयुर्वेद औषधी र पौष्टिक आहार वितरण गरिएको छ।आइसुलेसनमा बसेका संक्रमितको आत्मबल बढाउन आयुर्वेद औषधी लगायत अन्य पौष्टिक सामाग्रीहरु सहित घरमा पुगेको गाउँपालिका प्रवक्ता कडेलले बताउनुभयो। संक्रमित र संक्रमितको परिवारलाई समाजले अपहेलनाको दृष्टिले हेर्न थालेपछि सामाजिक सचेतनाका लागि पनि घरदैलो गरिएको प्रवक्ता कडेलको भनाइ छ।

स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको वैकल्पिक उपचार पद्दतिका आयुर्वेद ओखती बोकेर आइसोलेसनमा प्रवक्तासहितको टोली नै आएपछि संक्रमितमा मनोबल बढेको छ।भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाइएको र अरूलाई पनि अपनाउन अपिल गरिएको थियो ।
प्रवक्ता सहित गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख परम्सु ढकाल लगायत अन्य स्वास्थ्यकर्मी आइसोसनमा पुगेका थिए ।
भिडियो सामग्री पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *