रास्कोटी मगरको पप्पी गरौला सार्वजनिक (भिडियो सहित)

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पाल्पा, भाद्र १३

संचारकर्मी तथा गायक रास्कोटी मगर र पुजा मगरको आवाजमा रहेको लोक आधुनिक गित पप्पी गरौला बजारमा आएको छ । लामो समय देखी संचार क्षेत्र र गायनमा सकृय द्धोय कलाकारले यस अघी किशले मतायो नामक गित बजारमा ल्याएका थिए । सो गितले दिएको सफलता पश्चात त्यस गितको दोस्रो भाग पप्पी गरौला बजारमा ल्याएको गायक रास्कोटी मगरले बताए ।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस-

बिषेशत माया प्रितीका बिषय समेटिएको गितको शब्द तथा संगित स्वयम रास्कोटी मगरले गरेका छन । युवा पुस्ता लक्षित गित संगित प्रस्तुत गर्ने यो गायन जोडीले छिट्टै नया कोशेली बजारमा ल्याउने समेत बताएको छ । गितको भिडियो पाल्पाको प्रशिद्ध स्थल रानीमहलमा छायांकन गरिएको छ । पुरन गाहाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा यस क्षेत्रकी चर्चित मोडल सृजना मस्रांगीको दमदार नृत्य रहेको छ भने यसै भिडियो मार्फत सुरज धानीले कला क्षेत्रमा प्रबेश गरेका छन । सार्बजनिक भएको भिडियोलाइ सन्तोष बस्यालले छायांकन सम्पादन गरेका छन भने सुमन कार्कीले आकर्षक ड्रोन कभरेज गरेका छन । भिडियो प्रेम लामिछाने युटुब च्यानलबाट सार्बजनिक भएको हो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *