शुद्धोधन गाउँपालिकाद्वारा दर्वहवामा शबदाह तथा छठपुजा स्थलको सिलन्यास (फोटो फिचर सहित)

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

अर्जुन खत्री फर्साटिकर रुपन्देही
भाद्र १२

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न. ५ मा रहेको दर्वहवामा रहेको ग्रीनपार्क(चिल्ड्रेन पार्क)को उत्तरतर्फ गाउँपालिकाले शबदाह तथा छठपुजा स्थलको सिलन्यास गरेको छ।



गाउँपालिकाले शबदाह र छठपुजा स्थलको बिस्थापन गरि ग्रीनपार्क निर्माण गरेको भन्दै स्थानीय आकोशित हुँदै साउन १६ गते ग्रीनपार्कको कम्पाण्ड र वाल तोडफोड गर्दै केही दिन पछि गाउँपालिकालाइ चुनौती दिदै शबको दाहसंस्कार समेत गरेका थिए ।स्थानीयको मागलाई सम्बोधन गर्नुपर्ने र गाउँपालिकाको अहमताले जनता आक्रोशित भएको निष्कर्ष निकाल्दै नेपाली काङ्ग्रेस लगायत अन्य ६ दलले स्थानियलाइ साथ दिएका थिए । त्यसको केही दिनपछि तोडफोडको समस्या समाधानका लागि नेपाली काङ्ग्रेस र गाउँपालिकाबिचको वार्तामा नेपाली काङ्ग्रेसले नैतिक जिम्मेवारी लिइ गाउँपालिकाले चयन गरेको क्षेत्रमा शबदाह र छठपुजा स्थलको हुने सहमति भए अनुसार ग्रीनपार्कको उत्तरतर्फ सिलन्यास गरिएको छ। सिलन्यासको समयमा स्थानीयले व्यापक बिरोध र रोक्ने प्रयास गरेका थिए तर नेपाल प्रहरी सशस्त्रप्रहरीका प्रहरीहरु र गाउँपालिका समर्थकको बाक्लो उपस्तिथितिले सिलन्यास कार्यक्रममा अवरोध भने गर्न पाएनन।

सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले स्थानियले ग्रीनपार्क क्षेत्रभित्र भनेकाले ग्रीनपार्क क्षेत्रमा घर र स्वास्थ्यचौकी नजिकै पर्ने भएकाले पार्कको उत्तरतर्फ सिलन्यास गरिएको बताए ।
यो भिडियो पनि हेर्नुहोस्-

उनले विकास बिरोधी कुतत्त्वहरुले उत्तरतर्फ सिलन्यास गर्दा पनि बिरोध गरेको बताए।ग्रीनपार्क तोडफोड गर्नेलाइ ब्यक्तिहरुलाइ कानुनी प्रक्रिया अघि बढेकाले अब छिट्टै कारबाहीको दायरामा ल्याउने समेत बताए ।गाउँपालिका वडा न.२ अध्यक्ष बिस्नु बस्याले दर्वहवाको पछिल्लो विवाद समाधानका लागि काङ्ग्रेस र गाउँपालिकाबिच दर्वहवा क्षेत्रभित्र बनाउने सहमती अनुसार ग्रीनपार्कको उत्तरतर्फ निर्माण गरिएको बताए।यस्तै वडा न.५ अध्यक्ष पुन्यराम गौतमले दर्वहवा क्षेत्रमा शव दाह र छठपुजा स्थल बनाउनका लागि व्यापक माग र आवाज बमोजिम जनताको मागलाई उचित तरिकाले सम्बोधन गर्दै ग्रीनपार्कको उत्तरतर्फ सिलन्यास गरिएको बताए । गाउँपालिकाले जनताको माग सम्बोधन गर्ने भनेर पार्कको उत्तरतर्फ सिलन्यास गरिरहदा स्थानियले भने पहिलेकै ठाउमा हुनुपर्छ भन्ने व्यापक माग गरिरहदा यो विवाद अझै लम्बिन सक्ने देखिन्छ ।



Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *