सियारीमा ३५ जना PCR परिक्षणमा १८ जना कोरोना नेगेटिभ, १७ जनाको रिपोर्ट आउन बाँकी

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

तुलसी राम पौडेल
सियारी,भाद्र १४

विश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण रोक्न रुपन्देहीको सियारी गाउँपालिकाले क्वारेन्टाइन तथा समुदाय स्तरमा PCR परिक्षण गर्दै आइरहेको छ।यहि भाद्र ११ गते सियारी गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी र स्वास्थकर्मिहरु लगायत ३५ जनाको स्वाव संकलन गरि PCR परिक्षणको लागि पठाइएकोमा प्राप्त १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाकी १७ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ शाखाले जनाएको छ।
यो भिडियो पनि हेर्नुहोस्-

त्यसै गरि भाद्र ९ गते स्वाव संकलन गरि कोरोना परिक्षणको लागि पठाइएको २० जनामध्य प्राप्त १७ जनाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ शाखाका मनोज पौडेलले जानकारी दिनुभयो। भाद्र ९ गते सियारी वाड नम्बर १ मा कोरोना पोजिटिभ सम्पर्कमा आएका समुदायका २० जनाको PCR परिक्षणको स्वाव संकलन गरि पठाइएको थियो।त्यसै गरि भाद्र १४ गतेआइतबार पनि सियारी गाउँ पालिका वाड नम्बर १,२,७ मा कोरोना पोजेटिभ सम्पर्कमा आएका समुदाय स्तरका र क्वारेन्टाइनका गरि ३० जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको लागि पठाइएको मनोज पौडेलले जानकारी दिनुभयो।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *