सियारीमा यसरी मनाए मोहरम (दाहा) हेर्नुस् भिडियो
चित्र गुरुङ
सियारी,भाद्र १४
तीन दिन अघि देखि मोहरमको चहलपहल सुरु हुन्छ । तर यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण पहिले देखि खासै चहलपहल देखिएन । यद्दपी आज सिरहा, सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा जस्तै रुपन्देहीको सियारीमा पनि मुस्लिमले मोहरम (दाहा) पर्व मनाएका हुन् । मुस्लिमले एकआपसमा लाठी, भाला तथा झर्नी खेल्दै मोहरम पर्व हर्षोल्लासका साथ मनाउँछन् । यस वर्ष भने भिडभाड नगरी सामान्य तवरले पर्व मनाइएको छ ।
भिडियो हेर्नुहोस्-
इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायको पर्व भएकाले युवाले समूह–समूहमा भेला भई आफ्नो कलाकौशल सहितको झर्नी खेल्छन् । दाहा मेलामा मनोरञ्जनात्मक कला प्रदर्शन गर्छन् ।
इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत प्राप्त गरेको सम्झनामा मोहरम पर्व मनाइन्छ । यो पर्वमा गरिबलाई खिचडी, फलफूल, विभिन्न प्रकारको मिठाई र कपडा दान गर्ने चलनसमेत रहेको मुस्लिम अगुवाहरु बताउँछन् । स्थानीय हनिम मुसलमानले जानकारी दिए अनुसार कोभिड-१९ को महामारी को कारण यस वर्षको मोहरम मा कुनै पनि बाजा गाजा नबजाई कुनै पनि भिडभाड हुने क्रियाकलाप नगरिकन सामाजिक दुरी कायम गरि सम्पन्न भएको छ ।
मुस्लिमले मनाइने मोहरम पर्वमा हिन्दुहरु समेत सहभागी हुन्छन् । मोहरम पर्व मनाउन गाउँगाउँमा आकर्षक ‘दाहा’ समेत बनाइन्छ, जहाँ मेला लाग्ने गर्छ तर कोरोनाका कारण मेला प्रभावित बनेको छ। यद्दपी सियारीका केहि स्थानमा मेला लागेको जानकारी प्राप्त भएको छ ।