कोरोना माथि विजयी प्राप्त सियारीकी ९६ वर्षिय आमाबाट
तुलसी राम पौडेल
सियारी,भाद्र २०
विश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरसको सक्रमणको असर समुदायमा परिरहेको अवस्थामा रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर १ निवासी कोरोना सक्रमित ९६ बर्षिय वृद्ध आमाले होम आइसोलेसनमै कोरोनालाइ पराजित गरि शुक्रबार डिस्चार्ज हुनुभएको छ। ९६ बर्षिय वृद्ध आमाबाट, आत्मबल जगाउन सके कोरोना सजिलै जित्न सकिने प्रेरणा समुदायलाइ प्राप्त भएको सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो।
श्रावण ३१ गते सियारी १ का SBI बैंक भैरहवा शाखामा कार्यरत २५ बर्षिय पुरुषलाई कोरोना परिक्षण गराउदा सक्रमण पुष्टि भएकोले भाद्र ४ गते उनको परिवारका सम्पूर्ण सदस्यहरुको कोरोना परिक्षणको लागि स्वाब संकलन गरि पठाइएको थियो जस अन्तरगत उनको ९६ बर्षिय हजुर आमा र ५४ बर्षिय आमालाई कोरोना पोजेटिभ पुष्टि भएको थियोे भने बाकी अन्य सदस्यहरु कोरोना नेगेटिभ रिपोर्ट आएको थियो।
यो भिडियो पनि हेर्नुहोस्-
कोरोना सक्रमित ९६ बर्षिय हजुर आमा र ५४ बर्षिय आमा होम आइसोलनमा बसेको १४ दिनपछि शुक्रबार एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरि डिस्चार्ज गरिएको र स्वास्थ सामान्य रहेको स्वास्थ शाखाका CIPT संयोजक मनोज पौडेलले जानकारी दिनुभयो।
सियारी गाउँ पालिकामा हालसम्म २६ जना कोरोना सक्रमित मध्य २३ जनाले कोरोना जितेर घर गैइसकेका बाकी ३ जना आइसोलेसनमा रहेको र स्वास्थ सामान्य रहेकोे स्वास्थ्य शाखा प्रमुख बुद्दी बहादुर घर्तिले जानकारी दिनुभयो। सियारी गाउपालिकाको वाड नम्बर २ स्थित क्वारेन्टाइनमा ११ जना रहेको स्वास्थ्य शाखाले जनाएको छ।
यो भिडियो पनि हेर्नुहोस्-