दीपक वि.क. को बचाउ अभियानमा गाउँपालिका प्रवक्ता र युवाहरुको सक्रियता
अर्जुन खत्री फर्साटिकर रुपन्देही ।
भाद्र २२
४ दिन अघिमात्र रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३ सातकुला निवासी २८ बर्शिय दिपक बिक शारीरिक अवस्था गम्भीर रहेको र उपचारको लागि आर्थिक अभावले उपचार हुन नसकेकोले सहयोगको लागि अपिल गरि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएको थियो ।
त्यसको एकदिन भित्र शुद्धोधन गाउँपालिका प्रवक्ता एंव वडा न.४ का वडाअध्यक्ष राजेन्द्र कंडेल लगायत शुद्धोधन युवा मञ्चका युवाहरुको टोलिले दीपकको उपचारका लागि आर्थिक संकलन गरि १५००० हस्तान्तरण गरि गाउँपालिकाको तर्फबाट एम्बुलेन्स सेवा लगायत सक्दो सहयोग पहल गर्ने प्रतिबद्धता जनाइएको थियो ।त्यसदिन बेलुका दीपक क्षेत्री लगायत युवाहरुले २८६९० रुपिया संकलन गरि परिवारलाई हस्तान्तरण गरे ।
यो भिडियो पनि हेर्नुहोस्-
अर्को दिन पिडित विकलाई गाउँपालिका प्रवक्ता कडेलको पहलमा गाउँपालिकाले ब्यवस्थापन गरिदिएको एम्बुलेन्स मार्फत भरतपुर अस्पतालमा भर्ना गरिएको छ ,अहिले उनको मृगौलाको समस्या भएकोले उपचार भइरहेको छ। शुद्धोधन युवा मञ्चका मिलन निउरे,मनोज भण्डारी लगायत दीपक क्षेत्रीको पहलमा दोस्रो चरणमा 39065 रुपैया पिडितको उपचारका लागि पठाएका छन ।यसो त गाउँपालिकाले बिरामिको उपचारका सहजताका लागि हस्पिटलमा सिफारिस गरेको छ।दीपक विकको भरतपुरमा उपचार भैरहेकाले आवश्यक रकम संकलन गरिरहेको युवा मिलन निउरेले बताए ।दीपक विकको उपचारका लागि रकम अझै आवश्यक रहेको र सहयोग गर्न चाहनेले 9857058898 र 9823365242 सम्पर्क गर्न निउरेले अनुरोध गरे।