संक्रमित बढेकोले सुनवल नगरपालिका शिल
तुलसी राम पौडेल
बुटवल ,भाद्र २४
विश्वब्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण अन्तरगत पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा एकै पटक ठूलो संख्यामा कोरोना पोजिटिभको संख्या बढेकोले नगरपालिका सिल गरिएको छ। बुधबार मात्रै २७ जनामा कोरोना पोजेटिभ देखिएकोले नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी भदौं ३१ गते राति १२ बजे सम्मका लागि पूर्ण रुपमा सिल गरिएको नगरपालिकाले जनाएको छ।
सिल गरिएको समयअवधिमा स्वास्थ्य सम्वन्धी सेवा वाहेक सुनवल नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, बैंक तथा वित्तिय संस्था लागायत सार्वजनिक निकायबाट प्रवाह गरिने सेवाहरु, व्यापार व्यावसाय, निर्माण कार्य, तरकारी ढुवानी, घुम्ति पसल, अटो रिक्सा लागउत सवारी साधन संचालन, साना सवार साधनहरु सवै पुर्ण रुपमा निषेध गरिएको सुनवल नगरपालकाका नगरप्रमुख भिमवहादुर थापाले जानकारी दिनुभयो ।
यो भिडियो पनि हेर्नुहोस्-
यस समय अवधिमा कन्ट्याक ट्रेसिङ गरिने भएकाले अन्य स्थानबाट नगरपालिकामा प्रवेश नर्गन र नगरपालकाबाट पनि अन्यत्र स्थानमा नजान नगर प्रमुख थापाले सबै नगरवासीमा आग्रह गर्नुभएको छ। अस्पतालमा सक्रमितबाट अन्यमा सक्रमण सर्ने सम्भावना धेरै भएकोले सकेसम्म अस्पताल नजान र जानै पर्ने अति जरुरी भए सावधानी अपनाइ स्वास्थ सेवा लिन जान नगरपालिकालेआग्रह गरेको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि आकस्मीक रुपमा नगरपालिका सिल गरीएकोले पालना गर्नुपर्ने स्वअनुशासन पूर्ण रुपमा पालना गर्न र संक्रमणबाट जोगिने उपायहरु अवलम्वन गर्न नगरपालिकाले सबै नगरवासीमा आग्रह गरेको छ।अहिलेसम्म सुनवल नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुगेको छ जस अन्तरगत ५४ जना निको भएर घर गएका छन् भने ३७ जना संस्थागत र होम आइसियुलेशनमा रहेका सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जनाकारी दिनुभयो ।
यो भिडियो पनि हेर्नुहोस्-