भारतिय मिडियाको घट्दो विश्वसनियता

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

-कुलराज सुवेदी

घटनाः १

सन् २०१२ मा नेपालमा गएको भुकम्पको उद्धार कार्यमा भारतले तत्काल प्रतिक्रिया र जागरुकता देखायो । छिमेकी चिन संगै भातले पनि उद्धार कार्यमा युद्ध स्तरमा सहयोग गरे । तर त्यसै शिलसिलामा आएका भारतीय मिडियाले यति गैह्र जिम्मेवार समाचार प्रशारण गरे की नेपालीहरुले #gobackindianmedia भन्ने क्याम्पियन नै चलाए सामाजिक संजालमा ।

घटनाः २

भारतमा कोरोना संक्रमितको संख्या दैनिक १ लाख को दरले थपिई राखेको छ । पछिल्लो १० वर्षमा २ लाख कृषकहरुले आत्महत्या गरेका छन् । तर भारतीय मुलधारका मिडिया यस बारेमा बोल्दैनन्, लाग्छ भारतमा केहि भएकै छैन । छ महिना देखि शुसान्त शुसान्त फलाकीरहेका छन् र केहि महिना देखि कंगना रनौत । लाग्छ भारतिय मिडीयाको लागी दैनिक १ लाख कोरोना संक्रमित भन्दा कंगना रनौतको टुईट बढी महत्वपुर्ण छ ।

यि दुई प्रतिनिधी घटना मात्र हुन् । भारतिय मुलधारका मिडियाको चरित्र चित्रण गर्न । अधिकांश भारतिय मिडियाहरुले समाजका मुद्दाहरु, जनताका दुखहरु र भुईमान्छेका कथाहरु बोल्दैनन् । तिनिहरुका लागी भारतिय सिनेमा, अन्डरवल्ड र क्रिकेट समाचारका मुख्य “कन्टेन्ट” हरु हुन् ।

पछिल्ला वर्षहरुमा भारतिय मिडियाको ‘क्रेडिविलिटी’ को अवस्था झन् कमजोर भएको छ । उग्र राष्ट्रबादी तथा धार्मीक कट्टरपन्थि मोदीको उदय संगै स्वतन्त्र मिडियाको अवस्था झन् संकुचन हुँदै गएको छ । भारतिय राजनितिमा मोदिको जवरजस्त आगमनको पछाडी समेत भारतिय कर्पोरेट हाउसहरु र मिडियाको भुमिका रहेको छ । रिपोर्टर्स विदाउट वोर्डरको सन् २०२० को रपोर्ट अनुसार संसार भरी को प्रेस स्वतन्त्रताको सोपानमा आफुलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र ठान्ने भारतको अवस्था टिठलाग्दो छ । कुल १८० राष्ट्र समावेस भएको उक्त अध्यानमा भारतको अवस्था १४२ औँ स्थानमा छ ।

पछिल्लो २० वर्षमा भारतिय मिडियामा गरिएको लगानिको आकार र मिडियाको संख्यामा एक प्रकारको बाढी नै आएको छ । २४ सै घण्टा समाचार बजाउने १०० भन्दा बढी ‘समाचार’ च्यानलमा भारतमा छन् । झण्डै १० हजारको संख्यामा विभिन्न भाषामा दैनिक पत्रिका प्रकाशित हुन्छन् । प्राविधिक रुपमा समेत भारतिय मिडियामा गुणस्तरिय सुधार आएको छ । भारतिय विज्ञापन बजार चिन पछी एसीयाकै दोश्रो ठुलो विज्ञापन बजारको रुपमा विकास भएको छ । त्यसैले भारतिय मिडियाले आफैलाई ‘ईकोनोमिक जाईन्ट’ को रुपमा विकास गरेको छ ।

तर पछिल्ला यि २० वर्षहरुमा भारतिय मिडियाको गणस्तरमा भने झनै ह्रास आएको पाईन्छ । घरघरमा टेलिभिजनको पहुँच संगै समाजमा ‘Print Media’ को प्रभाव घटेको छ । प्रिन्ट मिडियामा साक्षरताले समेत प्रभाव पार्ने हुँदा विश्वव्यापी रुपमै रक्षात्मक बनेको छ । यस्तो अवस्थामा बाढी झै आएका टेलिभिजनहरुले समाचार ‘संकलन’ गर्ने होईन कि समाचार ‘बनाउने’ धन्दा गर्न थाले ।

मोदिको आगमन र मिडिया

मोदीले प्रधानमन्त्रीको रुपमा उमेद्वारी दिएको पहिलो निर्वाचनमा भाजपा ले मिडियाको ब्यापक दुरुपयोग गर्यो । भारतिय मिडिया हाउसमा अधिकांश कर्पोरेट हाउसहरुको लगानी थियो । गुजरातको मुख्यमन्त्री हुँदा देखिनै मोदीको कर्पोरेट हाउस सँग सुमधुर सम्बन्ध थियो । यो सम्बन्धको मोदीले भरपुर उपयोग गरे । गेरु बस्त्रधारि मोदीलाई चमत्कारीक नेतृत्व/दावेदार को रुपमा भारतिय मिडियाले ‘प्रोजेक्ट’ गर्यो । फलस्वरुप पहिलो पटक मात्र होईनकि दोश्रो पटक समेत मोदिले स्पस्ट बहुमतका साथ निर्वाचन जिते । तर तिनै मोदी अहिले स्तन्त्र मिडीयाको बचेखुचेको ढुकढुकीलाई पनि समाप्त पार्न उद्दत छन् ।

मिडियालाई राज्यको चौथो अंगको रुपमा पनि लिईन्छ । तिनिहरुले ‘पब्लिक अपिनियन’ निर्माण गर्न सहयोग गर्दछन् । नागरिकहरुलाई सु-सुचित गराउने पहिलो जिम्मेवारी मिडियाको हो र सत्य लाई बाहिर ल्याउनु र तथ्य तथा तथ्याङ्कको आधारमा वस्तुगत विश्लेषण प्रस्तुत गर्नु पनि उनिहरुको जिम्मेवारी हो । समाजको विश्लेशण गर्नु र वहसको लागि सार्वजनिक मञ्च प्रदान गर्नुपनि यिनिहरुको कर्तव्य हुन आउँछ । तर यि सबै कुराहरु भारतिय मिडियाले गर्दैनन् ।

TRP र कल्याणकारी विज्ञापन

आजकल भारतिय मिडियाहरु समाचारलाई सनसनिपूर्ण बनएर मिडयाको TRP बढाउने धन्दामा लागेका छन् । आफ्नो सम्बाददाता नै नभएको स्थानमा भएको हत्याको घटनालाई टेलिभिजन एंकरले आफैले देखेजस्तो गरि भट्याउछन् अनि दर्शकहरुले त्यो समाचालाई यसरी हेर्छन् मानौकी त्यो हत्या होईन एउटा जासुसी फिल्म हो । TRP र भ्युजहरु बढाएर आफ्नो कार्यक्रम वा टेलिभिजनलाई लोकप्रियताको पगरि गुथाउन टेलिभिजन पत्रकारहरुले जे सुकै गर्छन् । एउटा प्रतिनिधी पात्र अर्नव गोश्वामी नै काफि छन् । बहसका सहभागीलाई खुलम् खुल्ला गालि गर्छन् । चुप लाग भन्छन्, मुस्लिम हो भने विदेशि आतंककारी भन्छन् । डिवेटरहरुलाई बोल्न दिने त कुरै छाडौँ उनिहरुलाई आफ्ना कुरा सुनाउन बोलाए जस्तो गर्छन् ।

कल्याणकारी विज्ञापनमा भारत सरकारले ठुलो रकम खर्चिन्छ । ‘बेटि पढाओँ’, ‘स्वच्छ भारत’ लगायतका थिमका थुप्रै सरकारी विज्ञापन टेलिभिजन, पत्रपत्रिका तथा अन्लाईनहरुलाई वितरण गरिन्छ । यि विज्ञापनहरु वितरणको वस्तुगत आधार छैन । त्यसैले मोदी सरकारले मिडियाहरुलाई नियन्त्रण गर्न यसको प्रयोग गर्ने गरेको छ । सरकारका कदमहरुको विरोध गर्ने मिडियाहरुलाई यि विज्ञापनहरु उपलब्ध गराईदैन । ठुलो रकमका यि विज्ञापनहरुको लोभले मिडियाहरु सरकार विरोधी समाचार पस्कन डराउँछन् । सन् २०१५/१६ मा कल्याणकारी विज्ञापनको लागि छुट्याईएको रकम रु ११९०.५३ करोड रुपैया छ । मिडियाले सू-सुचित बनाउने भन्दापनि पैसा कमाउने कुरालाई प्रथामिकता दिएपछी समाचारको गुणस्तर त खस्किने नै भयो । त्यसैले त म्यागासासे पुरस्कार विजेता भारतिय पत्रकार रभिस कुमाले सरकारको विरोध गर्न नसक्ने भारतिय मिडियालाई ‘गोदि मिडिया’ नामाकरण गरेका छन् । गोदि मिडियाको अर्थ ‘गोद’ को मिडिया अथवा सरकारको काखको मिडिया भन्ने रहेको छ ।

त्यसो भए के गर्छ भारतिय मिडियाले ?

भारतिय मिडियाको बारेम एउटा सर्वव्यापी भनाई छः

‘Indian media does everything except Journalism’ अर्थात भारतिय मिडियाले पत्रकारिता बाहेक अन्य सबै कुराहरु गर्दछ । केहि जम्मेवार पत्रकार र जनताले समेत यो कुरा बुझेका छन् । तरपनि उनिहरुको लागी विश्वसनिय विकल्प छैन । भारतिय मिडियाले के गर्दछ भन्ने विषयलाई केहि बुँदामा यहाँ उल्लेख गरिन्छ ।

1. धर्मनिरपेक्षता विरोधीः मुलधारको भारतिय मिडिया भारतिय संविधानमा उल्लेखित धर्मनिरपेक्षता विरोधी छ । यसले सबै मुस्लिमलाई आतंककारी देख्दछ । भारतिय मुस्लिमहरुलाई पनि यसको मतियार ठान्दै दोश्रो वर्गको नागरिकको रुपमा चित्रण गर्दछन् ।
2. पक्षपात (Bias): भारतिय मिडियाले पक्षधरता झल्किने गरि समाचार बनाउँछन् । सरकारको लागी प्रोपोगाण्डा निर्माण गर्दछन् । चिन, पाकिस्तान, अधिकारकर्मी, विपक्षी पार्टीको बारेमा अत्याधिक ‘वायस’ समाचार बनाउँदछन् ।
3. सरकारकोलागी प्रोपोगाण्डा निर्माणः अधिकांश भारतिय मिडियाले समाचारको सत्यता जाँच गर्दैनन् । सरकार र मन्त्रालयका विग्यार्ताहरुलाई मात्र श्रोतको रुपमा ‘साईटेशन’ गर्दछन् । सरकार, भाजपा,सेना, हिन्दुवादी संगठनको लागी जुनसुकै प्रोपोगाण्डा बनाउन उनिहरुलाई कुनै समस्या छैन ।
4. अमेरिका ‘मेनिया’ र पाकिस्तान ‘फोविया’ : भारतिय मिडियामा अमेरिका प्रति अत्याधिक आशक्ति दिखिन्छ । अमेरिकाका साना साना समाचारहरु र अमेरिकन फस्ट लेडि ले भ्याकेसनमा कति जोडी ड्रेस फेरिन भन्ने विषय ठुलो चासोको विषय बन्छ । विश्व कुटनितिमा महत्वपूर्ण भुमिका खेल्ने जर्मनी,बेलायत, रुस लगायतका देशका बारेमा समाचार आउँदैनन् । चिन र पाकिस्तानको बारेमा त बालमस्तिस्कमा समेत नकारात्मक प्रभाव पर्ने समाचार बनाउँछन् ।
5. फिल्म, क्रिकेट र हिन्दुत्व मुख्य ‘कन्टेन्ट’, जनताका समाचार बन्दैनन्: भुईमान्छेका कथाहरु भारतिय मिडियाको लागी समाचार श्रोत हुँदैनन् । दैनिक १ लाख कोरोना संक्रमित थपिएका छन्, पछिल्लो १० वर्षमा २ लाख कृषकले आत्महत्या गरे । तर यी विषयमा गहन विश्लेषणात्मक ‘बहस’ हुँदैनन् । फिल्म र स्टारहरु, क्रिकेट तथा साममनदिर मिडियाको लागी मुख्य कन्टेन्ट हुन् । कहिलेकाही पिक आवर मै सिरयलको पात्रको मृत्यु बारे ‘विशेष समाचार’ बनेको हुन्छ ।
खासमा भारतिय मिडियाले के बोल्छ र लेख्छ भन्ने कुरा त्यत्ति महत्वको विषय होईन । भारतिय मिडियाले के लेख्दैनन् र बोल्दैनन् भन्ने कोणबाट छलफल हुनु आवश्यक छ र हालसम्मको ट्रेण्डलाई हेर्दा यसले बोल्नु र लेख्नुपर्ने विषयहरु लेखेको/बोलेको छैन । भारतिय मिडियासँग तुलना गर्दा नेपाली मिडिया नै बरु केहि हदसम्म जिम्मेवार हो कि भन्ने भान हुन्छ ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *