बुटवलबाट चार दिनदेखि हराएका स्वास्थ्यकर्मीको शव तिलोत्तमामा भेटियाे

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

बुटवल ।
बुटवलबाट चार दिनदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ । उनको सोमबार बिहान तिलोत्तमा -१६ मधवलिया ,बिहुली १६/३६ नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिहँ राठौरले बताए ।
नेपाल बिहीबार राति १२ः १५ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए । नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो ।
यो भिडियो पनि हेर्नुहोस्-

शुद्धोधनगाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए । नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् । उनका श्रीमती र एक छोरा रहेका छन् ।
source-www.globalaawaj.com


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *