सियारी गाउँपालिकाद्वारा २३ जनालाई लालपुर्जा वितरण (फोटो फिचर सहित)

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

चित्र गुरुङ
सियारी,असोज ९

रुपन्देहीको सियारी गाउपालिकाले गाउपालिका अन्तरगतका गाउँ ब्लकको जग्गामा बसोबास गरेका व्यक्तिहरुको स्वामित्व हुने गरि जग्गा धनी लालपुर्जा वितरण कार्यक्रम शुरु गरेको छ।

गाउपालिकामा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सियारी गाउपालिका वडा नम्बर ३ हर्नैयाको गाउँ ब्लक जग्गामा बसोबास गर्ने २३ जनालाई जग्गा धनी लालपुर्जा वितरण गरिएको हो। हर्नैयामा धेरै पहिलेदेखि गाउँ ब्लकको जग्गामा बसोबास गर्दा आएका थिए ।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले सियारी गाउपालिका वडा नम्बर ३ हर्नैयामा ५ बर्ष देखि रहेको गाउँ ब्लकको जग्गा नापी शाखालाइ अनुरोध गरेपछि नापी शाखाबाट जाँच गरि पुर्जा वितरण गर्ने प्रक्रियामा ल्याइएको बताउनु भयो।
दोस्रो चरणको लाल पुर्जा वितरण कार्यक्रम अन्तरगत असोज २० गते सियारी गाउपालिका वडा नम्बर ४ छपिया र वडा नम्बर ३ भैसाखादरमा वितरण हुने गाउपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो।साथै उहाले वाड नम्बर २ मैनहियामा पनि पुर्जा वितरणको तयारी भएको बताउनु भयो।नापी शाखा कार्यालय प्रमुख अजित कुवरले गाउँ ब्लक जग्गामा बसोबास गर्नेहरुको लागि जग्गाको स्वामित्व महसुस हुनको लागि छिटो छिटो जग्गा धनी पुर्जा वितरण गर्ने नेपाल सरकारको नीति बमोजिम लाल पुर्जा वितरण कार्यक्रम गरिएको बताउनु भयो।लाल पुर्जा प्राप्त गर्ने हर्नैयाका रामकृष्ण प्रसाद चौधरीले लाल पुर्जा पाउँदा धेरै खुशी लागेको बताउनु भयो।पहिला जग्गामा घर मात्र थियोे प्रमाण थिएन अहिले पुर्जा प्राप्त भएको छ धितो राखेर आर्थिक कारोबार पनि गर्न सकिने उनले बताए ।सियारी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष घिसन अहिरले जनता सामु गरिएका बाचा पूरा गर्ने जिम्मेवारी अन्तरगत धेरै समयदेखि गाउ ब्लकमा बसोबास गरेकालाइ जग्गा धनी लालपुर्जा वितरण गरिएको बताउनु भयो।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष अमृता गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,नापी शाखा अधिकृत सालिकराम लम्साल ,सियारी गाउपालिका प्रशासन शाखाका चिरञ्जीवी गौतम , नेकपा जिल्ला कमिटी सदस्य श्रीराम यादव ,नेपाली काङ्ग्रेस सियारी गाउपालिकाका नन्दलाल थारु लगायतको उपस्थिति रहेकोे थियो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *