मानपकडी बुद्ध चोकमा सिसि टी.भी. क्यामरा जडान
नगेन्द्र के.सी.
शुद्दोधन,असोज १४
शुद्दोधन गाउँपालिका ५ मानपकडी बुद्ध चाेक मा सिसि टीभी क्यामरा जडान गरिएको छ।विगतका केही दिन अघि विभिन्न खालका घटनालाई मध्यनजर गरि वडा नं-५काे कार्यालयले सो सिसि टीभी क्यामरा गरिएको शुद्दोधन गाउँपालिका ५ का वडा सचिव हिरालाल भुसालले बताउनुभयो। साउन १६ गते चिल्ड्रेन पार्कमा मसानघाटकाे बनाउने भनी भएको तोडफोडले उग्ररूप लिएपछि विभिन्न खालका घटनाहरु भएको र मानपकडी बुद्ध चोकको सेरोफेरोमा चोरी हुने र मादक पदार्थ सेवन गरी झैझगडा बढेको कारणले सिसि टी.भी. क्यामरा जडान गरिएको शुध्दाेधन-५ का वडा अध्यक्ष पुन्नेराम गौतमले बताउनुभयो।
यो भिडियो पनि हेर्नुहोस्-