समिप सहकारीद्वारा शोक अनुदान खर्च प्रदान
चित्र गुरुङ
सियारी,असोज १४
रुपन्देही जिल्ला सियारी गाउँ पालिका-७ अमवा बजारमा अवस्थित श्री समीप बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो शेयर सदस्यलाई शोक अनुदान खर्च प्रदान गरेको छ। आर्थिक वर्ष २०७०/७१ को वार्षिक साधारण सभाले यस संस्थाको सेयर सदस्यको मृत्युु हुँदा क्रिया खर्च (शोक अनुदान खर्च) बापत रू १५,०००/- नगद दिने निर्णय पारित गरेको थियो।
सोहि अनुसार सियारी-६, सर्जुगन्ज निवासी यस संस्थाका सेयर सदस्य स्व. श्री मोहन कोइरी को ९औ दिनको पुन्यतिथि मा कोभिड-१९ संक्रमणको जोखिम अवस्थामा पनि संस्थाका सञ्चालक समितिका अध्यक्ष माधब नेपाल,उपाध्यक्ष सुर्य नारायण यादव लगायतअन्य पदाधिकारी सहित संस्थाको व्यवस्थापक इन्द्रा कुमारी रानाभाट निजको घरमा गई श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने कामना गर्दै अध्यक्ष नेपाल द्वारा निजको धर्मपत्नी श्री रोहिणी कोइरीलाई क्रिया खर्च (शोक अनुदान खर्च)बापत रू. १५,०००/- प्रदान गरिएको छ ।
यो भिडियो पनि हेर्नुहोस्-