सियारीमा मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

तुलसी राम पौडेल
सियारी, असोज १४

दीगो शान्ति समृद्धिको आधार सामुदायिक मेलमिलाप भन्ने नारालाई आत्मसात गर्दै रुपन्देहीको सियारी गाउपालिको आयोजनामा एक हप्ते मेलमिलाप सम्बन्धि आधारभुत तालिम सियारी वडा नम्बर ५ स्थित लुम्बिनी प्यालेस रिसोर्ट प्रालिमा बुधबारदेखि शुरु भयो। निर्वाणा लिगल एडभाइजर्स फोरम सिद्दार्थनगर -७ भैरहवाको समन्वय तथा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र ,सेलर्ड काठमाडौको प्राविधिक सहयोगमा उक्त तालिम शुरु भएको हो।


तालीम उदघाटन प्रदेश सासद तुलसी प्रसाद चौधरीले गर्नुभएको थियो ।त्यसै अवसरमा उहाले मेलमिलाप तालिमबाट टोल समुदायका मुद्दाहरूलाई मेलमिलापको माध्यमबाट समुदायमै मुद्दाको छिनोफानो हुन सहज हुने बताउनु भयो। सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुले समुदायमा हुने झै झगडाका समस्याहरुलाई समाधानको लागि अदालत धाउन नपरोस् भन्ने उद्देश्यले टोल टोलमै समस्या समाधान गर्न सहजीकरणको लागि तालिमको आयोजना गरिएको बताउनु भयो।गाउपालिका उपाध्यक्ष तथा न्याय समिति संयोजक अमृता गुरुङले टोल समुदायका विभिन्न किसिमका मुद्दा मेलमिलापको माध्यमबाट टोल समुदायमै छिनोफानो गर्दा अदालत जान नपर्ने र खर्च लाग्न बाट जोगिने बताउनु भयो ।

तालिमको प्रशिक्षकको रूपमा चेतराज भट्ट ,बालाराम भट्टराई ,सुर्य अधिकारी ,मनोज पौडेल रहनुभएको थियो । गाउपालिका उपाध्यक्ष तथा न्याय समिति संयोजक अमृता गुरुङको अध्यक्षता, प्रदेश सासद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता, गाउपालिका अध्यक्ष अयोध्या थारुको विशिस्ट आतिथ्यता, प्रशिक्षक सुर्यराज अधिकारिबाट तालिमको उद्देशबारे प्रकाश, न्याय समिति सदस्य घिसन अहिरको स्वागत रहेकोे कार्यक्रमको संचालन गाउपालिका लेखा शाखा प्रमुख नारायण प्रसाद पौडेलले गर्नुभएको थियो ।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *