बिरुवा गाउँ पालिकामा सामुदायिक स्वास्थ्य केन्द्र संचालन

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

तुलसी राम पौडेल
स्याङ्जा (मेसस),असोज १५

गण्डकी प्रदेश स्याङ्जा जिल्ला स्थित बिरुवा गाउपालिकामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ।
बिरुवा गाउँपालिका वडा न 2 मा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ ।गाउँपालिका स्थित अर्थले भञ्ज्याङमा आज एक कार्यक्रमबीच गाउँपालिकामा अध्यक्ष चुनप्रसाद शर्माले उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको हो । यो स्वास्थ्य केन्द्रको सञ्चालनसँगै वडा न 2 निवासी हरु साधारण स्वास्थ्यसमस्यामा पनि गाउँपालिकाको केन्द्र बिरुवा बजार वा जिल्ला सदरमुकाम स्याङजा जानुपर्ने बाध्यता हटेको छ।
यो भिडियो पनि हेर्नुहोस्-

नेपाल सरकारको संघीय अनुदान मार्फत गत साल देखि नै वडा नम्बर 7 र वडा नम्बर 2 मा सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माणको चरणमा रहेका छन् र गाउँपालिकाले ती भवनहरूको निर्माण सम्पन्न नहुँदै भाडाका घरमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।
बिरुवा गाउँपालिका का दुई वटा वडाहरुमा स्वास्थ्य संस्थाहरु नरहेको र उक्त समस्याको समाधान यसै आर्थिक वर्षभित्रै हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार दशैं अगाडि नै दुवै वडाहरुमा स्वास्थ्य केन्द्रहरू सुचारु हुने र यसै आर्थिक वर्षभित्र उक्त संस्थाहरु आफ्नै भवनमा सञ्चालन हुने छन् । यस सँगै जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा बाट वडा बासी हरु वञ्चित रहने अवस्था समाप्त भएको पनि उहाँले बताउनु भयो ।
वडा नम्बर 2 का वडाध्यक्षको बुद्धि बहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव खिम बहादुर गुरुङ ले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले अर्चलेबासीहरु को पञ्चायतकालदेखिको सपना पुरा गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो ।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *