सियारीमा गाउँपालिका अध्यक्ष सहित २६ जनामा कोरोना संक्रमण
चित्र गुरुङ
सियारी, असोज २२
बिश्वब्यापी महामारी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरस कोभिड -१९ को सक्रमण अन्तरगत सियारी गाउपालिकामा हाल २ जना जनप्रतिनिधि ,१२ जना गाउपालिका कर्मचारी ,२ जना स्वास्थ्यकर्मी र अन्य १० जनामा गरि २६ जनामा कोरोना पोजेटिभ भएको गाउपालिका स्वास्थ्य शाखाले जनाएको छ। कोरोना सक्रमित जनप्रतिनिधि अन्तरगत गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारु हुनुहुन्छ भने अर्को एकजना वडा सदस्य तथा कार्यपालिका सदस्य हुनुहुन्छ । त्यसै गरि गाउपालिकाका १२ जना कर्मचारी र 2 जना स्वास्थ्य कर्मिलाइ कोरोना पोजेटिभ पुष्टि भएको छ।बाकी १० जना सक्रमित मध्य सियारी गाउपालिका वडा नम्बर १ का १ जना वडा नम्बर ३ का २ जना ,वडा नम्बर ४ का २ जना ,वडा नम्बर ६ का १ जना र वडा नम्बर ७ का ४ जना भएको स्वास्थ्य शाखाले जनाएको छ।शुरुदेखी अहिलेसम्म सियारी गाउपालिकामा कोरोना सक्रमितको संख्या ६७ जना रहेकोे छ जस अन्तरगत ४० जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।बाकी २७ जना अन्तरगत २३ जना होम आइसोलेसनमा, २ जना अमुवा स्वास्थ्य चौकीस्थित आइसोलेसनमा, १ जना अस्पतालमा भर्ना रहेका छन भने १ जनाको मृत्यु भएको छ।मृत्युु हुनेमा सियारी वाड नम्बर ७ का कोरोना पोजेटिभ व्यक्ति हुन ।वहाँ मुटु तथा सुगरको रोगी भएको बताइएको छ।
यो भिडियो पनि हेर्नुहोस्-