शुद्धोधनका प्रवक्ता आयुर्वेद औषधी लिएर संक्रमितको होम आइसोलेसनमा

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

अर्जुन खत्री ,फर्साटिकर रुपन्देही
असोज २४

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा समुदाय स्तरमा पछिल्लो समय व्यापक रुपमा फैलिरहेको छ । कोरोना संक्रमितलाई सरकारले जटिल अवस्था नभएसम्म होम आसुलेसनमा बस्न भनेको छ । होम आइसुलेसनमा बसेका कोरोना संक्रमितहरुको गुनासो सुन्न र अवस्था बुझ्न शुद्धोधन गाउँपालिका प्रवक्ता एंव वडा न.४ का वडाअध्यक्ष राजेन्द्र कंडेल आयुर्वेद औंषधी र पौष्टिक आहार बोकेर घरघरमा पुगेका छन।


होम आइसोलेसनमा बसेका ४ जनालाई भेटी उनीहरुको अवस्था र गुनासा बुझी आयुर्वेद औंषधि,पौष्टिक आहार वितरण गरिएको हो। होम आइसुलेसनमा बसेका संक्रमितको आत्मबल बढाउन आयुर्वेद औषधी लगायत अन्य पौष्टिक सामाग्रीहरु सहित संक्रमितको घर घरमा पुगेको गाउँपालिका प्रवक्ता कडेलले बताउनुभयो। संक्रमितको अवस्था बुझी मनोबल बढाउन यश अघि पनि पौष्टिक आहार र आयुर्वेद औंषधि लिएर होमआइसुलेसनमा पुगेको र आगामी दिनमा पनि नया संक्रमितहरुको घरघरमा गइ यो कार्यक्रमलाई निरन्तरता दिइने कडेलको भनाइ छ। स्वास्थ्य सावधानीका उपायको जानकारी सहितको वैकल्पिक उपचार पद्दतिका आयुर्वेद ओखती बोकेर आइसोलेसनमा प्रवक्तासहितको टोली नै आएपछि संक्रमितमा मनोबल बढेको छ।भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाइएको र अरूलाई पनि अपनाउन अपिल गरिएको थियो ।
प्रवक्ता सहित गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख परम्सु ढकाल,शंकर माध्यमिक विद्यालयकाका प्रधानाध्यापक टंक पौडेल,सामाजिक अभियान्ता कपिल अर्याल संक्रमितलाई भेट्न पुगेका थिए ।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *