बलात्कार विरुद्ध कालो पहिरनमा उत्रे शुद्दोधनका युवती (फोटो फिचर सहित)

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

शुद्दोधन,आश्विन २४
देशभर भइरहेका बलात्कारका घटनाहरुका विरुद्ध शुद्दोधनका युवतीहरुले मौन विरोध गरेका छन् । देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि पछिल्लो समयमा सामाजिक सञ्जालमा पनि कालो रङ्गको प्रोफाइल राखेर विरोध चलिरहेको छ यसै क्रममा शुद्दोधनका युवतीहरुले पनि कालो पहिरन लगाएर विभिन्न नाराहरु लेखिएको प्लेकार्ड प्रस्तुत गर्दै विरोध जनाएका छन् ।


‘जो बोल्दैन उ बलात्कारी,जो सुन्दैन उ बलात्कारी , तिमी बलात्कारी’ अर्थात् बलात्कार विरुद्ध नबोल्ने ,नसुन्ने र आवाज नउठाउने पनि बलात्कारी हो भन्दै उनीहरुले बलात्कार विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेको विरोध प्रदर्शन कार्यक्रमकी सहभागी करुणा काफ्ले ले बताइन् ।उनीहरुले विरोेधको पहिलो चरण अन्तर्गत मानपकडी,फर्साटिकर चोक, हिरापुर र केदाली चोकमा करिब २ घण्टा सम्म कालो पहिरनमा मौन विरोध जनाएका छन् ।
उनले भनिन् ‘देशभर बलात्कारका घटना बढेका छन् । यस विरुद्ध आवाज उठाउन फेसबुक मार्फत सम्पर्क गरेर हामी जम्मा भएका हौं । यो अभियान रुपन्देहीका अन्य स्थान र आज देशभरका विभिन्न् ठाउँमा चलेको छ ।’ विरोधमा १०० जना भन्दा बढी युवतीहरु सहभागी जनाएको उनले बताइन् । शनिबार बिहान ९ बजेदेखि सुरु विरोध ११ बजेसम्म जारी रहने र सो को प्रतिक्रियापछि आगामी कार्यक्रम तय गरिने उनले बताइन् । युवतीहरुको विरोध कार्यक्रमलाई केहि युवा तथा स्थानीयले पनि एक्यबद्धता जनाउँदै साथ दिएका छन् ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *