शुद्दोधन गाउँपालिकाकाे प्रशासनिक भवनकाे उद्घाटन

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

कार्तिक १,मानपकडी
शुद्दोधन गाउँपालिका मानपकडी रुपन्देहीको प्रशासनिक भवनको हिन्दु हरुकाे महान चार्ड विजया दशमी घटस्थापना काे अवसरमा उद्घाटन कार्यक्रम शनिबार गाउँ पालिकाकाे नयाँ भवनमा सम्पन्न भएको छ।

शुध्दाेधन गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्ष्ातामा र लुम्बिनी प्रदेश सभासदस्य तुल्सी प्रसाद चौधरीको प्रमुख अतिथ्यातामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तुल्सीप्रसाद चौधरीले पानशमा दिप प्रजोलन गरि र रिवन काटेर उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि चौधरीले बोल्दै यस गाउँ पालिकाले धेरै मेहनत संर्घष का अघि बडदै गएर आजको दिन धेरै ठुलो उपलब्धि हासिल गरेकोमा शुभकामना व्यक्त गर्दै अगामी दिनहरूमा पनि यस गाउँ पालिकाले शुध्दाेधन गाउँ पालिका मात्रै नभइ एउटा नमुना पर्यटकीय गाउँ पालिका बनाउने मा जोड दिदै प्रदेश सरकार र केन्द्रीय सरकार बाट गर्नुपर्ने सहयोग काे लागि आफू पुर्ण रुपमा तैयार रहेको सभासद तुल्सीप्रसाद चौधरीले बताउनुभयो।उक्त कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष शान्तदेवी ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा नेकपा शुध्दाेधनका सचिव रुक्मान्त खनाल चन्द्रकाेट गाउँ पालिका पुर्व शुध्दाेधन गाउँ पालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत अन्नतपाणी मरासिनी शुध्दाेधन ६ का वडा अध्यक्ष जयशंकर पाठक नेकपा शुध्दाेधन इन्चार्ज सोनिया यादव लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।कार्यक्रममा शुद्दोधन गाउँ पालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र प्रसाद चौधरीले आफू र गाउँ पालिकाका सबै कर्मचारीले मुस्कान सहितका साथ सेवा प्रधान गर्ने प्रतिबद्धता गर्नुभएको र कार्यक्रम संचालन साे आफै अधिकृत रबिन्द्र प्रसाद चौधरीले नै गर्नुभएको थियो।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *