नेपाल धर्म पत्नी प्रतिमालाई ५ लाख बराबरको बिमा रकम हस्तान्तरण
असल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सौ फर्साटकरको बिमा रकम हस्तान्तरण कार्यक्रम भएकाे छ ।
असोज ५ गते मृत्यु भएका बिष्णु नेपालको धर्मपत्नी प्रतिभा पौडेल नेपाललाइ रु ५,लाख बराबरको बिमा रकम हस्तान्तरण गरिएको हो।संस्थाका सेयर सदस्य नेपालको यही असोज ५ गते दिन दुर्घटनामा परि मृत्यु भएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष बालकृष्ण पराजुलीको अध्यक्षता , शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीको प्रमुख आतिथ्यता, शुद्धोधन गाउपलिका वडा ४ अध्यक्ष राजन्द्र कडेलको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा हेम बहादुर थापा, अतिथि नेको इन्स्योरेन्सका अविश्कार खनाल,संस्थापक अध्यक्ष मधु प्रसाद खनाल लगायतकाे उपस्थिति रहेको थियो ।
कोषाध्यक्ष शालिकराम बस्यालको स्वागत मन्तव्य,लेखा संयोजक बलराम पाण्डेको व्यवस्थापन र सचिव हेमन थापाको सन्चालनमा सम्पन्न भएको थियो।सौ फर्साटकरमा सम्पन्न भएको कार्यक्रममा बाेल्ने बक्ताहरुले नेकाे इन्स्योरेन्सले तत्काल बीमाकाे रकम उपलब्ध गराएकाे भन्दै खुसी ब्यक्त गरेका थिए ।
यो भिडियो पनि हेर्नुहोस्-