फरक शैलीमा प्राविधिक शिक्षा सन्चालनको तयारी गर्दै फर्साटिकर मा. वि: सुविधा सम्पन्न भवनको टेन्डर आह्वान

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

१४ कार्तिक, शुद्धोधन
सरकारले देश भर सामुदायिक विध्यालमा प्राविधिक शिक्षा सन्चालन गर्ने अवधारणा बिकास गरिरहेको छ | प्रधानमन्त्री के पि शर्मा ओलिले अति महत्वको एक पालिका एक प्राविधिक शिक्षालयको स्थापना गर्ने घोषणा गरे संगै स्थानिय स्तरमा प्रविधिक शिक्षालय सन्चालनको अवधारणा विकास भएको हो |

यसै क्रममा रुपन्देहीको शुद्धोधन गाउपालिका स्थित फर्साटिकर माध्यमिक विध्यालयले समेत शैक्षिक सत्र २०७६ बाट सिभिल ईन्जिनियरिङको अध्यापन अनुमती पाए सङै सोही सत्रबाट पठनपाठन कार्य सुरु गरेको छ | यस क्षेत्रको पहिलो उच्चमावि सन्चालन गरेको फर्साटिकर मावी सबै भन्दा पुरानो शिक्षालय हो |
गत शैक्षिक सत्रमा सिभिल ईन्जिनियरिङ अनुमती पाए सङै कक्षा ९ मा ४२ जना विध्यार्थी भर्ना भएका थिए भने यस सत्रमा सन्चालन अनुमती सिट पूरा भएको भएको बिध्यालयका प्रधानाध्यापक देवराज पौडेलले जानकारी दिनुभएको छ |

सिभिल ईन्जिनियरिङ्को पढाईलाई प्रविधी र प्राविधिक मैत्री बनाउने गरि एउटा डि्म कार्यक्रमको रुपमा अघि बढाउने सोच सहित अघि बढेको बताउनुहुन्छ बिध्यालयमा सिभिल कार्यक्रम सन्चालनको अनुमती प्राप्त गर्न समेत नेतृत्व गरेरलाग्नुभएका शुद्धोधन गापा प्रवक्ता, शिक्षा समिती सम्योजक तथा वडा न ४ का वडा अध्यक्ष राजेन्द्र कडेल | लामो र निरन्तरको प्रयासबाट आफुहरु सिभिल ईन्जिनियरिङ कार्यक्रम सन्चालन अनुमती प्राप्त गरेको उहाँको भनाई छ |

पछिल्लो तयारीको बारेमा जानकारी दिदै शिक्षा समिती सम्योजक तथा वडा अध्यक्ष कडेलले विध्यालयको सिभिल ईन्जिनियरिङ थप व्यवस्थित रुपमा सन्चालन गर्न आवश्यक गृहकार्य भैरहेको र विध्यालयको आफ्नै जग्गामा प्रविधी मैत्री भवन निर्माणको डिजाईन भएको र निर्माणको लागि टेन्डर समेत आह्वान भएको बताउनु भएको छ | छात्रावास सहितको बृहत् डिजाईन तयार पारिएको र बजेटको व्यवस्था अनुसार निर्माण कार्य सम्पन्न गर्ने गरि तयारी भैरहेको छ |

बजेटको व्यवस्थापन तथा काममा सहजिकरण गर्न सहयोग गर्नुहुने यस क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा संघीय कृषि मन्त्री माननीय घन्श्याम भुषाल, लुम्बिनी प्रदेश, प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरी, राष्ट्रिय योजना आयोगका सम्पुर्ण पदाधिकारी तथा कर्मचारी, गाउपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, ईन्जिनियरहरु, बिध्यालयका प्रअ, शिक्षक कर्मचारी तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै प्रती आफू आभारी भएको उहाँले बताउनुभएको छ |

गाउपालिकाले जस्तै बिध्यालयले समेत सिभिल ईन्जिनियरिङ कार्यक्रमलाई महत्त्वपूर्ण रुपमा हेरेको र सोही अनुसार लामो समय देखि शिक्षण पेशामा रहेका दक्ष ईन्जिनियर र शिक्षकहरुको व्यवस्था गरिएको बताउनुहुन्छ विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर घर्ती | कार्यक्रम सन्चालनको लागि भवन सङै आवश्यक सम्पुर्ण प्रयोगात्मक अभ्यासका सामाग्री खरिदको प्रकृया समेत अघि बढेको अध्यक्ष घर्तीले बताउनुभएको छ |

गाउपालिकाले शुक्रबारमात्र सिभिल ईन्जिनियरिङ ब्लकको भवन निर्माण गर्न टेन्डर आह्वान गरेको छ |
#www.jitgadhinews.com


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *