सियारी गाउँपालिकामा वार्षिक समिक्षा गोष्ठी सम्पन्न

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

चित्र गुरुङ
सियारी,कार्तिक २५

रुपन्देहीको सियारी गाउपालिकामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ।सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ लगायत जनप्रतिनिधिहरु ,कर्मचारीहरुको सहभागितामा सियारी गाउँ पालिका अध्यक्ष अयोध्या प्रसाद थारुले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गोष्ठी मंगल वार एक कार्यक्रमक बिच उदघाटन गर्नुभयो ।
यो भिडियो पनि हेर्नुहोस्-

सो अवसरमा बोल्दै उहाले गाउपालिकालाइ समग्र विकासको लागि अगाडि लैजान जनप्रतिनिधि र कर्मचारीको एक आपसमा नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउनु भयो।जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो भएको कारणले नै सियारी गाउपालिका अगाडि बढिरहेको गाउपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।साथै गाउपालिकाले गरेका गतिविधिहरु जनताको सामुन्नेमा अवगत गराउन कर्मचारी एव जनप्रतिनिधि दुबैको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।


वार्षिक समिक्षा गोष्ठीमा गाउपालिकाका शाखा प्रमुखहरुले आ – आफ्नो शाखाको वार्षिक गतिविधि एव प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक शाखा प्रमुख एव लेखा अधिकृत नारायण प्रसाद पौडेलले वार्षिक आय व्यय प्रस्तुत गर्नु भएको थियो । शिक्षा शाखा प्रमुख सुधिर पौडेलले शिक्षा सम्बन्धि वार्षिक गतिविधि एव प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।त्यसै गरि स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत ललिता पुनले स्वास्थ्य सम्बन्धि वर्षभरी गरिएका गतिविधिको विवरण प्रस्तुत गर्नु भएको थियो।
योजना प्रमुख रोमलाल पुरी ,सामाजिक विकास शाखा प्रमुख विनोद खनाल,
पशु सेवा शाखा प्रमुख गणेश खनाल ,कृषि सेवाका निरहु प्रसाद चौधरी ,पन्जिकरणका रामानन्द तेलि ,रोजगार संयोजक सृजना भुसाल लगायतले आ आफ्नो शाखा अन्तगत प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *