रोटरी क्लब अफ मोतिपुरको पहिलो चार्टर सेरोमोनि कार्यक्रम सम्पन्न

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

<strong>तुलसी राम पौडेल
फर्साटिकर, मंसिर २३

रोटरी क्लब अफ मोतिपुरको पहिलो चार्टर सेरोमोनी कार्यक्रम रुपन्देहीको शुद्दोधन गाउपालिका वडा नम्बर ४ सौ फर्साटिकर स्थित रिद्दिसिद्दी पार्टी प्यालेसमा सम्पन्न भयो ।। रोटरि क्लब अफ सेन्टर बुटवलको स्पोन्सरमा स्थापना भएको रोटरी क्लब मोतिपुरको पदभार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरि डिष्ट्रिक गर्भनर राजिव पोखरेलले रोटरी क्लबले सामाजिक क्षेत्रमा स्थापनाकालदेखि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । रोटरिमा लागेका व्यक्तिको नेतृत्व विकाससंगै क्षमताको विकास बढ्दै जाने उहांको भनाइ थियो । नयां क्लबहरुले समाजका निम्ति थप उदाहरणीय काम गर्नुपर्ने उहांको सुझाव थियो ।

कुरामा भन्दा काममा बिश्वास राख्दै आएको हुंदा रोटरिको मर्म अनुसार काम गनुपर्ने पोखरेलले बताउनुभयो । । कार्यक्रममा रोटरी डिष्ट्रिका क्लब एडभाइजर एजाज आलमले क्लबले गर्ने सबै कामहरु सामाजिक क्षेत्रसंग जाडिने भएकाले यस क्लबले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्नेछ भन्ने अपेक्षा लिएको बताउनुभयो । मोतिपुर क्षेत्रको बिकासको निम्ती क्लबले महत्वपूर्ण भुमिका खेल्नुपर्ने उहांले बताउनुभयो । सामाजिक काम गर्ने दौडानमा बिभिन्न खालका आलोचना हुने गर्दछन ति आलोचनाको सामाना गर्दै समाज परिवर्तन र विकासको निम्ती क्लब एकढिक्का भएर अगाडी बढ्नुपर्ने आलमको भनाइ थियो । बाइट कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष राम कृष्ण खनालले रोटरीले दिएको जिम्मेवारीलाई महत्वपूर्णका जिम्मेवारीका साथ अगाडि बढाउने बताउनुभयो । क्लबले समाजका लागि रचनात्मक काम गर्ने उहांले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा शुद्धोधन गाउंपालिका वडा नं ४ वडा अध्यक्ष तथा प्रवक्ता राजेन्द्र कंडेल, बुटवल उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष होमनाथ आचार्य,हरि अर्याल, गौतम भुषाल वालकृष्ण पोखरेललगायतले मन्तव्य राख्नुभएको थियो । रोटरी क्लब सेन्टर बुटवलका अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षयता सचिव गंगा ढकालको संचालन तथा उपाध्यक्ष हिमाल गैरेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *