सियारी गाउँपालिकाबाट दिइने सम्पुर्ण सेवा आइतबारदेखि नव निर्मित भवनबाट

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

चित्र गुरुङ
सियारी, मंसिर २८

रुपन्देहीको सियारी गाउपालिकाले गाउपालिकाको सम्पूर्ण शाखाबाट दिइने सेवा आइतबारदेखि नवनिर्मित प्रशासकीय भवनबाट शुरु गरेको छ।


गाउपालिकाले हिन्दु परम्परा अनुसार रुद्री पुजा गरि नव निर्मित प्रशासकीय भवनमा शुक्रबार शुभ साइतमा गृह प्रवेश गरेको थियोे । सियारी गाउपालिकाको नव निर्मित भवन निर्माणको लागि २०७५ सालको भाद्रमा टेण्डर प्रक्रियाबाट २०७७ असोज महिना भित्र निर्माण सम्पन्न हुने गरि आशिष निर्माण सेवालाई ५ करोड ८५ लाख रुपैयामा ठेक्का दिइएको थियोे ।कोभिड्को कारणले निर्माण ढिलो सम्पन्न हुने देखिएपछि गाउपालिकाले २०७७ पौष मसान्तसम्म म्याद थप गरेको थियो तैपनि अघि नै निर्माण कार्य सम्पन्न गरि गाउपालिकालाइ भवन हस्तान्तरण भएकोले नया भवनबाट सेवा शुरु गर्न थालिएको गाउपालिका प्रमुख प्रशासकिय अधिकृत मिनप्रसाद भट्टराईले बताउनु भयो ।उहाले भन्नुभयो ” गाउपालिका रहेको पुरानो ठाउ अति नै सागुरो भएकोले जनताले चाहे जति सेवा दिन सकिएको थिएन अब नया भवनबाट सेवा दिन धेरै सजिलो हुने भएको छ।” गाउपालिकाका सम्पूर्ण शाखाहरुबाट दिइने सेवा अब नव निर्मित भवनबाट लिइने हुदा सेवा ग्राहिले छिटोछरितो सेवा पाउने प्रमुख प्रसासकिय अधिकृत भट्टराईले बताउनु भयो ।


सियारी गाउपालिकाको नव निर्मित भवनको उदघाटन दुई महिनापछि हुने गाउपालिका अध्यक्ष अयोध्या थारूले बताउनु भयो ।भवन निर्माण भैसकेको अवस्थामा सेवाग्राहीलाई गाउपालिकाबाट दिइने सम्पूर्ण सेवा एकै ठाउबाट छिटोछरितो प्रवाह गर्नको लागि उदघाट्न अगावै रुद्री पुजा गरि गृह प्रवेश गरिएको बताउनु भयो ।नव निर्मित भवनको पर्खाल र नजिकै निर्माण भैइरहेको ८०० क्षमताको बहुउद्देश्यीय हलको निर्माण बाकी रहेकोले उदघाटनको कार्य दुई महिनापछि ढकेलिएको अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।साथै उहाले धेरै सेवाग्राहीहरुको सहभागितामा मन्त्रीबाट नव निर्मित भवनको उदघाटन गरिने बताउनु भयो ।गाउपालिका रहेकोे पुरानो ठाउमा आयुर्वेद अस्पताल ,हुलाक र वडा कार्यालय रहने अध्यक्ष थारुले बताउनु भयो ।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *