विभिन्न पार्टी परित्याग गरि १२५ जना नेकपा प्रवेश

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

अर्जुन खत्री
शुद्धोधन रुपन्देही,पौष २

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन।
नेपाली काङ्ग्रेस, नेपाली जनता पार्टी र राप्रपाका झन्डै १२५ जनालाई लुम्बिनी प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरिले स्वागत गरेका थिए ।


कार्यक्रममा बोल्दै मन्त्री एंव नेकपा केन्द्रिय सदस्य गिरिले नवागंतुक युवाहरूलाई आगामी नेतृत्वका लागि तयार हुन र बुद्धिजिवि तथा जेष्ठ नागरिकहरुबाट सल्लाह सुझावको अपेक्षा राखेको बताउनुभयो ।
उहाले नेकपा पार्टी फुट्छ भनेर विभिन्न किसिमका भ्रम फैलिएको भन्दै पार्टी फुटको कल्पना नगर्न आग्रह गर्नुभयो ।
पार्टीको आन्तरिक छलफलको विषयलाई मिडियाले गलत तरिकाले प्रचार गरेको समेत आरोप लगाउनुभयो।
यो भिडियो पनि हेर्नुहोस्-

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य एंव प्रदेश पार्टी कमिटी सदस्य तुलसी चौधरीले नेकपा सरकारमा आइसकेपछि गाउँ गाउँमा विकास निर्माणका कार्यहरुले तिब्रता पाएको बताउनुभयो ।
देश विकासका लागि नेकपा एकमात्र निर्विकल्प पार्टी भएको उद्घोष गर्नुभएको छ।
शुद्धोधन गाउँपालिका अध्यक्ष एंव पार्टीका गाउँकमिटी सदस्य किसुनचन्द चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी रुपन्देही क्षेत्र न: ३ का सचीव प्रेम गुरुङले शुभकामना मन्तव्य राख्नुभयो ।

पार्टी गाउँपालिका अध्यक्ष नरबहादुर घर्तीको अध्यक्षता, मन्त्री लिला गिरिको प्रमुख आतिथ्यता तथा पार्टी गाउँपालिका सदस्य विष्णु गौतमको सञ्चालनमा सम्पन्न भएको थियोे ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *