६७ घर परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

चित्र गुरुङ,सियारी
रुपन्देहीको सियारी गाउपालिकाले सियारी गाउपालिका वडा नम्बर ३ र ४ का गाउँ ब्लक जग्गामा धेरै समय अघिदेखि बसोबास गरेका तथा भोगचलन गरि आएका घर परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेको छ ।
नेपाल सरकारको नीति अनुसार नापी कार्यालय र ३ नम्बर नापी टोलि रुपन्देहीको सहयोगमा सियारी गाउपालिकाले वडा नम्बर ३ र ४ का गरि ६७ घर परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेको हो।
सियारी गाउपालिका अध्यक्ष अयोध्या थारुले जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रमलाई अन्य वडाहरुमा पनि निरन्तरता दिइने बताउनु भयो ।


गास ,बास ,कपास ,शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकारलाई सियारी गाउपालिकाले प्राथमिकतामा राखेको बताउनु भयो ।
नापी शाखा रुपन्देहीका प्रमुख अजित कुवरले गाउँ ब्लकको जग्गाको जग्गा धनी प्रमाण पुर्जा वितरणको लागि जनप्रतिनिधिहरुको महत्त्वपूर्ण भुमिका रहेकोे बताउनु भयो।
यो भिडियो पनि हेर्नुहोस्-

साथै उहाले यस किसिमको पुर्जालाई धितोमा राखेर आर्थिक कारोवार गर्न सकिने बताउनु भयो ।
नापी कार्यालय रुपन्देहीका अध्यक्ष अजित कुवरको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, उपाध्यक्ष एव गाउपालिका प्रवक्ता अमृता गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा ३ नम्बर नापी टोलि प्रमुख सालिकराम लम्साल ,सियारी गाउपालिका वडा नम्बर ३ का अध्यक्ष घिसन अहिर ,वाड नम्बर ४ का वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,नेपाली काङ्ग्रेसका नन्दराम थारु ,लालपुर्जा पाउने मध्यबाट रमेश यादव लगायतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको सन्चालन लेखा अधिकृत नारायण पौडेलले गर्नुभएको थियोे ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *