सेन्ट्रल कलेज चितवनको विजयी सुरुवात
शुद्धोधन पौष ११
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लब द्बारा युवा एकता तथा खेलकुद विकासका लागि आयोजीत शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप २०७७ अन्तर्गत पौष ११ गते दोस्रो दिन जनज्योति क्लब र सेन्ट्रल कलेज चितवन बीच भएको खेल प्रतिस्पर्धामा सेन्ट्रल कलेज चितवन विजयी भएको छ । निर्घारित समयमा दुबै समुहबाट २ २ गोल भएकोमा ट्राईब्रेकरमा सेन्ट्रल कलेज चितवनले जनज्योति डिङ्गरनगरलाई २-१ ले बिजय हात पारेको हो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका सेन्ट्रल कलेज चितवनका का गोलरक्षक मनोज गुरुङ म्यान अफ द म्याच घोषणा भई क्लबका संस्थापक अध्यक्ष दामोदर पंगेनीको हातबाट नगद पुरस्कार प्राप्त गरेका छन्।
पौष २५ गतेसम्म संचालन हुने प्रतीयोगितामा प्रदेश ४ र ५ का उत्कृष्ट १६ वटा टोलिको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुनेले दुई लाख रुपैया नगद, यसै गरि दोस्रो हुनेले एक लाख रुपैयाँँ ,सेमिफाइनल लिस्ट पन्ध्र हजार , सर्वोकृष्ट खेलाडीको लागि दस हजार ,उदयमान खेलाडीको लागि पाच हजार ,उत्कृष्ट गोलकिपरको र्लागि पाच हजार ,उत्कृष्ट रक्षकको लागि पाच हजार ,सर्वाधिक गोलकर्ताको लागि पाचहजार रुपैया पुरस्कार प्रदान गरिने तथा भोलीको खेल लिस्नु युवा क्लब र सुनौलो संगम युवाक्लब बिच हुने प्रतीयोगिताका प्रचारप्रसार संयोजक महेन्द्र गौतमले बताएका छन्।
यो भिडियो पनि हेर्नुहोस्-